images images images
images images images
images
images
images

सामसङको १ टिबी स्टोरेज क्षमता भएको ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा, कति पर्छ मूल्य ?

images

काठमाडौं । सामसङले १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा स्मार्टफोन नेपाली बजारमा लयाएको छ ।

सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी क्षमताको फोन नयाँ वर्षको सुरुवात सँगै लन्च गरेको जनाएको छ । उक्त फोन डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरूका साथ सहज मल्टिटास्किङ क्षमता रहेको कम्पनीले उल्लेख गरेको छ ।

images
images

यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा ०% ब्याजको मासिक ११,७५० रुपैयाँ इएमआईमा प्राप्त गर्न सकिनेछ ।

ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियो, एपहरू र फाइलहरू सबै सुरक्षित राख्न अझ बढी क्षमता प्रदान गर्छ । सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।

अरू भेरिएन्टहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी स्टोरेज क्षमता भएको फोनले कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिने कम्पनीको दाबी छ । यसको ठुलो स्टोरेज क्षमताले प्रयोगकर्तालाई निम्न एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्छ ।

यस्तै, यो नयाँ स्मार्टफोन वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ । सिल्भरब्लु र टाइटटेनिएम ग्रे गरी दुई रंगमा उपलब्ध हुने उक्त फोनको मूल्य २ लाख ३४ हजार ९९९ रहेको छ ।

मासिक रुपमा इएमआई तिरेर लिन सकिने सो स्मार्टफोन लिन ग्राहकको नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि उपलब्ध गाराएको कम्पनीले जनाएको छ । पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि समेत एक्सचेन्ज सुविधा उपलब्ध छ।

नोट :  तस्बिर सांकेतिक  

images
images

प्रतिक्रिया दिनुहोस्