काठमाडौं । कोशी प्रदेशमा आगामी वैशाख १८ र १९ गते हुने पहिलो लगानी सम्मेलनको तयारी पूरा भएको छ । मुख्यमन्त्री हिकमतकुमार कार्कीले लगानी सम्मेलनका बारेमा बुधबार पत्रकार सम्मेलन गरी आवश्यक तयारी पूरा भएको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री कार्कीका अनुसार सम्मेलनमा १ खर्ब ३९ अर्ब ३० करोड लागतका विभिन्न आठ क्षेत्रका ५४ वटा परियोजना सोकेसिङमा राखिएको छ । सम्मेलन तोकिएकै मितिमा विराटनगरको वीरेन्द्र सभागृहमा हुने छ भने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मुख्यमन्त्री कार्कीले बताए ।
सम्मेलनमा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबाट छनोट भएर आएका परियोजनालाई (सार्वजनिक निजी साझेदारी) पीपीपीका आधारमा सोकेसिङको तयारी गरिएको कार्कीले जानकारी दिए । प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाका अनुसार सम्मेलनमा पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा, कृषिका ९, उद्योगमा ९ वटा, उर्जाका ३, सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ ।
सम्मेलनमार्फत प्रदेशमा लगानीको लागि आवश्यक स्रोतको सुनिश्चितता गरी औधोगिकीकरणको वातावरण सृजना हुने र प्रदेशमा स्वदेशी,निजी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), नविनतम प्रविधि र ज्ञान परिचालनकालागि सम्मेलन आधार हुने मुख्यमन्त्री कार्कीको भनाई थियो ।
सम्मेलन मार्फत कोशी प्रदेशमा लगानीको वातावरण सृर्जना गर्न संभावनाका नयाँ क्षेत्रहरु खोजी गरी उद्योग स्थापनामार्फत पूँजी निर्माण, गरिबी निवारण गर्ने उधेश्यले संघ र स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडी बढाइएको छ ।
लगानी सम्मेलनका लागि प्रदेश सरकारले नीतिगत तथा कानूनी सुधारका क्षेत्रमा पनि पूर्वतयारी भइरहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारी अन्तर्गतका परियोजनाहरुलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानूनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने वातावरण बनाइने बताए ।
मुख्यमन्त्री कार्कीले संघ सरकारले गर्ने गरेको लगानी सम्मेलन पूर्ण रुपमा सफल नभएकोप्रति आफूहरु सजग र सर्तक रहेको भन्दै कार्यान्वयन हुने परियोजनाहरुमा मात्र प्रदेश सरकारले प्रतिबद्धता जनाउने बताए ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्