Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना सार्वजनिक

कुमारी बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं १’ नामक उपहार योजना सार्वजनिक गरेको छ ।
यो योजनामा सहभागी भई ग्राहकहरूले आकर्षक बम्पर उपहारसहित साप्ताहिक मोबाइल रिचार्ज जित्ने मौका पाउने बैंकले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार, योजनाअन्तर्गत सहभागी हुन ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकहरू बम्पर उपहार ‘आइफोन १६’ जित्न स्वतः योग्य हुनेछन् ।

यो योजना एक महिना (वैशाख १ गतेदेखि ३१ गतेसम्म) सञ्चालन हुनेछ । अफर अवधिभर प्रत्येक हप्ता १०० जना ग्राहकले १०० रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपहारस्वरूप प्राप्त गर्नेछन् । योजना समाप्तिपछि एक जना विजेतालाई आइफोन १६ जित्ने अवसर मिल्नेछ ।

कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत सुरक्षित, सहज र भरपर्दो डिजिटल कारोबारलाई प्रोत्साहन दिने तथा बैंकको डिजिटल पहुँच विस्तार गर्ने उक्त योजना रणनीतिक रुपमा ल्याइएको हो । कुमारी बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा तर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजनाले मोबाइल टपअप र फोनपे डाइरेक्ट प्रयोगलाई थप प्रवद्र्धन गर्ने विश्वास लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit