images images images
images images images
images
images
images

अमेरिकासँग व्यापार युद्ध लड्न चीन डराउँनेछैन : प्रवक्ता जियान

images

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ ।

यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ।

images
images

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहे चेतावनीर धम्कीको नीति रोक्नुपर्ने बताए । उनले भने, ‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।’

ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर बढाएका थिए । हाल वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्र रूपमा बृद्धि भएका छन् । २०२५ मा वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने धेरै सामानमा थप १४५ प्रतिशत कर लगाएपछि दुबै देश कर युद्धमा छन् । चीनमा फेन्टानिल र अन्य अवैध लागूपदार्थमा २० प्रतिशत र व्यापार अभ्यासमा १२५ प्रतिशतभन्दा बढी कर समावेश छन् । ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छूट दिएको छ।

कर युद्ध चर्किदै गर्दा हालै अमेरिकी उड्डयन कम्पनी बोइङसँग बेइजिङले एयरलाइन्सहरूलाई जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो । बोइङसँगको ठूलो सम्झौताबाट चीन पछि हटेपछि मंगलबार अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउससँग चीनले व्यापार सम्झौता गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने बल चीनको कोर्टमा भएको प्रतिक्रिया दिएका थिए ।

मङ्गलबार अमेरिकी राष्ट्रपतिले भने, “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ,” राष्ट्रपति ट्रम्पकी प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ।

यसप्रति बेइजिङले आज प्रतिक्रिया दिँदै चीन कर र व्यापार दुबै युद्धको पक्षमा नभएको प्रस्ट पारेको छ । तर, अमेरिकी राष्ट्रपतिको चेतावनी र धम्कीदेखि चीन नडराउने प्रतिक्रिया चीनको छ । ‘अमेरिकाले नै यो कर युद्ध सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउँनेछैन,’ प्रवक्ता लिन जियानले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्