Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पेशा कि पराक्रम ?३१ पटक सगरमाथा चढ्न निस्किँदै कामीरिता शेर्पा

पेशा कि पराक्रम ?३१ पटक सगरमाथा चढ्न निस्किँदै कामीरिता शेर्पा
विज्ञापन
Advertisement

काठमाडौं । कामीरिता शेर्पा अबको केही दिनभित्रै ३१औँ पटक सगरमाथा आरोहण गर्दै कीर्तिमानको अर्को शिखर चुम्न निस्कने तयारीमा छन्। सन् १९९४ मा पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकेका उनी अहिले ‘सगरमाथाको सन्देशवाहक’झैँ बनेका छन्—जहाँ जोखिम, जिम्मेवारी र कीर्तिमान सबै सँगसँगै छन्।

विज्ञापन
Advertisement
Advertisement

सगरमाथाको चुचुरो केवल हिमालको सर्वोच्च विन्दु मात्र होइन, यो अदम्य साहस, संघर्ष र सपनाको शिखर पनि हो। यही शिखरमा ३० पटक पाइला टेकिसकेका कामीरिता शेर्पा फेरि एकपटक ‘आफ्नै रेकर्ड’ तोड्न अघि बढिरहेका छन्।

५५ वर्षीय कामीरिता अबको केही दिनभित्रै ३१औँ पटक सगरमाथा आरोहण गर्दै कीर्तिमानको अर्को शिखर चुम्न निस्कने तयारीमा छन्। सन् १९९४ मा पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकेका उनले अहिले ‘सगरमाथाको सन्देशवाहक’झैँ छन्—जहाँ जोखिम, जिम्मेवारी र कीर्तिमान सबै सँगसँगै छन्। ‘मेरो रेकर्ड तोड्न कोही सकेको छैन,’ उनको भनाइ हो, “तर म कीर्तिमानको पछि लागेर होइन, पेसाको सिलसिलामा सगरमाथा चढ्दै आएको हुँ।’

जसको लागि सगरमाथा ‘पानीको पँधेरो’ जस्तै
कामीरिता शेर्पा अहिले सेभेन समिट ट्रेक्स प्रालिमार्फत भारतीय सेनाको टोलीसहित सगरमाथा आरोहणमा जान  लागेका छन्। उनकाे अनुसार मौसम र हिमाली अवस्था अनुकूल रहेमा चाँडै चुचुरोतर्फ प्रस्थान हुनेछ।

सगरमाथा आरोहण उनका लागि रोमाञ्चकताभन्दा पनि नियमित जीवनशैलीजस्तै बनेको छ—जसरी पहाडी गाउँको जीवनमा पानी पिउन पँधेरो जानुपर्छ, उहाँका लागि सगरमाथाको शिखर पनि त्यस्तै सहज देखिन्छ।

तर यो सहजता कहिल्यै जोखिमविहीन छैन। एकतिसौँ पटक सगरमाथा आरोहण गर्नु भनेको जोखिमलाई हरेक पटक नव्य ढंगले अँगाल्नु हो।

कीर्तिमान मात्रै होइन, चिन्ता पनि बोकेको शिखर
उनका अनुभवमा सगरमाथाको रूपान्तरण पनि एक रेकर्डजस्तै छ—तर यो प्राकृतिक विनाशको। ‘सगरमाथा हरेकपटक बद्लिएको पाउँछु,’ उनी भन्छन,‘हिउँ पग्लिएको छ, बाटाहरू झन् कठिन भएका छन्, र वातावरणको असर देख्न सकिन्छ।’

यसपटक सगरमाथा पुग्दा उनले जलवायु परिवर्तनप्रति थप चिन्तित भएका। आरोहणको क्रममा देखिने परिवर्तनले उनलाई उत्साहित होइन, खिन्न बनाएको छ।

राज्यको नजर कहाँ छ ?
यस्तो साहसी यात्रा गर्ने आरोहीहरूको सामाजिक सुरक्षामा राज्यको भूमिका अझ मजबुत हुनुपर्ने उनको नाइ छ।
‘जीवन दाउमा राखेर सगरमाथा पुग्नेहरूले राज्यबाट सुरक्षा र सम्मान पाउनुपर्छ,’ कामीरिता भन्छन्।

सगरमाथा आरोही संघ, पर्यटन विभाग र सरोकारवाला निकायले यस सिजनको आरोहण व्यवस्थापनलाई चुस्त बनाएका छन्। आरोहणका लागि बाटो, डोरी टाँग्ने व्यवस्थाजस्ता आधारभूत संरचना तयार पारिएका छन्।

तर कामीरिता जस्ता अनुभवी शेर्पाहरूको माग अझ फराकिलो छ—हिमाल सफाइका लागि बजेट, तालिम, र जनशक्ति व्यवस्थापन पनि हुनुपर्छ।

कीर्तिमानको लहर उत्साह र उचाइ दुवै

सन् २०२३–२०२४ सम्मको तथ्याङ्क अनुसार, ८ हजारभन्दा बढीले सगरमाथा सफलतापूर्वक आरोहण गरिसकेका छन्। यस वर्ष मात्रै ३११ जनाले अनुमति लिएका छन्।

यिनैमध्ये केहीले कीर्तिमान बनाउन खोजेका छन्—कसैले समयको कीर्तिमान, कसैले संख्याको, कसैले लिङ्ग प्रतिनिधित्वको।

गोरखाकी फुञ्जोझङ्मु लामाले १५ घण्टाभित्र सगरमाथा चढेर कीर्तिमान बनाइन् भने पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीनपटक आरोहण गरेर महिला कीर्तिमान राखिन्।तर यी कीर्तिमानहरूलाई मान्यता दिन अब सरकारको औपचारिक अनुमति लिनुपर्ने नियम लागू भएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit