Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ
विज्ञापन
Advertisement

ताप्लेजुङ। ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर—अविसेक मादेन, अनिष तामाङ, दीपसागर तामाङ र निमा शेर्पाले कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरसम्म साइकल यात्रा गरेर नयाँ साहसिक पर्यटकको गन्तव्यको ढोका खुलाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनको थुङगिमबाट सुरू भएको यो यात्रामा नयाँ झोरेनी, तरूङदेन, चाइराम, राम्जेर हुँदै ओक्ताङसम्मको कठिन पैदलमार्ग समावेश थियो । यो मार्ग कुनै पनि साधारण साइकल यात्रा थिएन । समुद्र सतहदेखि चार हजार आठ सय मिटरको उचाइ, साँघुरो पदमार्ग, उकालो ओरालो, ढुङ्गा र चट्टानले भरिएको बाटो—साहस र धैर्यबिना यो सम्भव थिएन ।

धरानबाट आएका टोलीले यही वैशाख १५ देखि १७ गतेसम्म आयोजित ‘कञ्चनजङ्घा पर्यटन महोत्सव २०८२’ को अवसर पारेर साहासिक यात्रा तय गरेका थियो । गाउँपालिकाका उपाध्यक्ष चित्र मावोका अनुसार यसअघि कसैले पनि कञ्चनजङ्घा आधार शिविरसम्म साइकल कुदाएका छनैन् ।

सिरिजङ्गा गाउँपालिका–६ सुदापका विष्णु लिम्बू ती यात्राको प्रत्यक्ष साक्षी हुन् । जीवनमा पहिलो पटक आधार शिविर पुगेका लिम्बूले तीव्र हावाको वेगमा पनि नहल्लिने हिमालको दृढताभन्दा बढी चकित उनले देखेका थिए । त्यस हिमाली बाटोमा साइकल उफार्दै उक्लने दृश्य ।
‘त्यो अमर र अटल हिमालको काखमा साइकल चलाउनु भनेको अचम्म मात्र होइन, प्रेरणा पनि हो,’ उनले भने । यस्तै, भोजपुरकी सरिता राईका लागि त झन् झस्काउने क्षण थियो । ‘मैले त साइकल सधैँ तराईमा मात्र देखेकी थिएँ । अब त हिमालमा पनि साइकल चल्ने रहेछ, भनेर अचम्ममा परेँ,’ उनले भने । फुङ्लिङ नगरपालिकाका तारा बराल पनि चकित भए । ‘जहाँ बाँदर हिँड्न डराउँछ, त्यहाँ साइकल चलाउनुले अचम्मित तुल्यायो ।’

कञ्चनजङ्घा आधार शिविर विश्वकै तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो हिमालको आधार हो । त्यहाँ पुग्ने बाटो प्राविधिक रूपमा जटिल छ–समतल जमिनको कमी, उच्च उचाइमा अक्सिजनको न्यूनता, चिसो र जोखिमपूर्ण भूगोल । यस्ता क्षेत्रमा साइकल चलाउने कल्पना नै कठिन हुन्छ । यही कारणले यो यात्रा विशेष मात्र नभइ ऐतिहासिक पनि हो । साइकल चलाउने राइडरका अनुसार कतिपय स्थानमा साइकल बोक्नुपरेको थियो, तर अधिकांश बाटोमा साइकल चलाउन मिल्यो । र यो अनुभवले भविष्यमा थप साइक्लिङ अभियानको ढोका खोलेको छ । यात्राले कञ्चनजङ्घा क्षेत्रको पर्यटनमा नयाँ सम्भावना देखाएको छ ।

अहिलेसम्म पदयात्रा केन्द्रित पर्यटन चलिरहेको यो क्षेत्रमा अब साहसिक खेल, विशेषतः माउन्टेन बाइकिङ, लोकप्रिय हुन सक्छन् । आगामी वर्षमा प्रतिस्पर्धात्मक साइक्लिङ कार्यक्रम आयोजना गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष मावोले पनि उत्साहजनक प्रतिक्रिया दिएका छन्, “हामी विदेशी राइडरहरूलाई आकर्षित गर्न सक्ने सम्भावना देखिरहेका छौँ । प्रचारप्रसारमा जोड दिइनेछ ।” यदि भविष्यमा अन्तरराष्ट्रिय साइक्लिङ प्रतियोगिता आयोजना भयो भने, यसले स्थानीय आर्थिक गतिविधि, होटेल व्यवसाय, हस्तकला, यातायात सेवा लगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्नेछ ।

साहसिक कदम मात्र होइन, एउटा सन्देश पनि हो, सपना, साहस र मेहनतले कुनै पनि असम्भव कार्यलाई सम्भव बनाउन सकिन्छ । नेपालका हिमाली भेगमा साहसिक पर्यटनको व्यापक सम्भावना छ । पदयात्रा, अब पर्वतारोहण, रक क्लाइम्बिङ, ट्रेल रनिङ, र माउन्टेन बाइकिङ पनि पर्यटन विकासका प्रमुख पाटो बन्न सक्ने स्थानीयवासीको भनाइ रहेको छ ।

कञ्चनजङ्घाको हिमाललाई नजिकबाट नियाल्दै, हरेक पाइलामा चिसो हावासँग जुध्दै, उकालो बाटोमा साइकल धकेल्दै र कहिले उफार्दै अघि बढ्ने ती चार साइक्लिस्ट नेपाली साहसिक पर्यटनको गौरव पनि हो ।।।।विश्वको तेस्रो अग्लो कञ्चनजङघा हिमालको आधार शिविरमा साइक्लिङ सहरानीय कार्य हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit