Advertisement
Advertisement
Corporate Samachar
२३ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिकी कर वृद्धिको कुनै अर्थ छैन :  प्रवक्ता जियान

अमेरिकी कर वृद्धिको कुनै अर्थ छैन :  प्रवक्ता जियान
विज्ञापन
Advertisement

काठमाडौं । चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशतको उच्च कर आर्थिकरूपमा अर्थहीन भएको उनले बताए ।

ह्वाइट हाउसले अप्रिल १५ मा आफ्नो वेबसाइटमा धारा २३२ को अनुसन्धानको बारेमा एक तथ्य पत्र जारी गर्दै ‘चीनले आफ्नो प्रतिशोधात्मक कार्यको परिणामस्वरूप संयुक्त राज्य अमेरिकामा आयातमा २४५ प्रतिशतसम्म करको सामना गरिरहेको’ जनाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संयुक्त राज्य अमेरिकाले चीनमाथि कर वृद्धि गर्नु एक सङ्ख्याको खेल बनेको छ, जसले आर्थिक रूपमा अब धेरै वास्तविक फरक पार्दैन तर अमेरिकाले कसरी अरूलाई जबरजस्ती र धम्काउन करलाई हतियार बनाउँछ भन्ने देखाउँछ ।’

‘चीन व्यापार युद्ध चाहँदैन तर हामी उनीहरूसँग पनि डराएका छैनौँ,’ उनले भने । “आधारहीन अतिरिक्त कर र व्यापार युद्धले कुनै पनि मुलुक विजेता हुँदैनन्,’ जियानले भने ।

उनले अमेरिकाले चीनको अधिकार र हितमा क्षति पुर्याइरह्यो भने चीनले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिए । ‘यदि अमेरिकाले कर वृद्धिको साथ यो सङ्ख्याको खेल खेल्दै गयो भने, यसलाई बेवास्ता गरिनेछ। तर यदि अमेरिकाले चीनको अधिकार र हितमा वास्तविक क्षति पुर्याइरह्यो भने चीनले कडा प्रतिकार गर्नेछ र अन्त्यसम्म आफ्नो अडानमा अडिग रहनेछ,’ उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit