Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इरानी ड्रोन आक्रमणपछि कुवेत विमानस्थलमा ठूलो क्षति, युद्धविराम संकटमा

इरानी ड्रोन आक्रमणपछि कुवेत विमानस्थलमा ठूलो क्षति, युद्धविराम संकटमा
विज्ञापन
Advertisement

इरान र अमेरिकाबीच जारी तनावका बीच फेरि आक्रमण–प्रतिआक्रमण भएको छ। यसले हालै लागू गरिएको नाजुक युद्धविरामलाई थप चुनौती दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार इरानी ड्रोन आक्रमणका कारण कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको कुवेती स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुवेतका रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजिज अल–ओताइबीका अनुसार विमानस्थलको यात्रु टर्मिनललाई लक्षित गरी धेरै शत्रुतापूर्ण ड्रोनहरू प्रहार गरिएको थियो। घटनापछि विमानस्थल केही समयका लागि बन्द गरिएको थियो। पछि वैकल्पिक टर्मिनलबाट सीमित उडान सञ्चालन पुनः सुरु गरिएको छ।

यसैबीच, इरानले युद्धविराम विस्तारका लागि मध्यस्थकर्तासँगको संवाद स्थगित गरेको बताइएको छ। क्षेत्रीय एक अधिकारीका अनुसार लेबनानमा युद्धविराम प्रभावकारी रूपमा लागू नभएसम्म तेहरान वार्तामा फर्किन इच्छुक छैन।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता अझै जारी रहेको बताएका छन्। पछिल्ला केही सातादेखि इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व अन्त्य गर्न वार्ता चलिरहेको भए पनि विभिन्न क्षेत्रमा भइरहेका लगातार आक्रमणहरूले शान्ति प्रयासलाई कमजोर बनाइरहेका छन्।

इरानले अझै पनि हर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम राखेको छ। उता अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ। यसका कारण विश्व बजारमा तेल तथा प्राकृतिक ग्यासको मूल्य उच्च रहँदा युद्धको प्रभाव विश्वभर महसुस भइरहेको छ। कुवेतको विदेश मन्त्रालयले इरानी आक्रमणको कडा निन्दा गर्दै आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित रहेको जनाएको छ। मन्त्रालयले यस्तो आक्रमणलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको छ।

विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले मध्यपूर्वमा तनाव पुनः चर्किने संकेत देखिएको छ र युद्धविराम दीर्घकालीन रूपमा टिक्ने वा नटिक्ने विषय अझै अनिश्चित बनेको छ।तस्बिर : आरएफआई

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit