Advertisement
Advertisement
Corporate Samachar
२३ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति

विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णीम वाग्लेलाई विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणसँग जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै बजेट घोषणा हुनुअघि केही भन्सार नाकाबाट विद्युतीय गाडीको जाँचपास भएको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएको उल्लेख गर्दै त्यसमा अर्थमन्त्रीलाई अनावश्यक रूपमा जोडिएको दाबी गरेका छन् ।

उनका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुसम्म नपुगेका सवारीसाधनको समेत जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसपछि जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ ।

उनले मुस्ताङस्थित कोरोला नाकाबाट जाँचपास भएका गाडीको विषयमा पनि मन्त्रालयको छानबिन टोलीले स्थलगत अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिए । अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिसहितको संयुक्त टोली फिल्डमै खटिएको बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा केही कारहरू नियन्त्रणमा लिइएको र आयातकर्ता कम्पनीमाथि गहिरो अनुसन्धान चलिरहेको सचिवालयले स्पष्ट पारेको छ । यसको विस्तृत विवरण छानबिनपछि सार्वजनिक गरिने जनाइएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit