Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कञ्चनजङ्घामा सफल आरोहणको ७० वर्ष, आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु

कञ्चनजङ्घामा सफल आरोहणको ७० वर्ष, आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु
विज्ञापन
Advertisement

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सुरु भएको महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, मौलिक खानाका परिकारको प्रवद्र्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।

परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीलाई सम्मान गरिनेछ । सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्याबु शेर्पा र लाक्पा शेर्पा रहेको उनले जानकारी दिए ।

‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्या–पर्यटन समृद्धिको आधार’ भन्ने नारासहित आयोजना भएको यस महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए । सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आए पनि पहिलो सफल आरोहण १९५५ मै भएको हो ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ‘कञ्चनजङ्घा हीरक महोत्सव’ को उद्घाटनका लागि आज हेलिकप्टरमार्फत ताप्लेजुङको लेलेप पुगेका छन् । उनीसँगै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई पनि महोत्सवमा सहभागी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit