
काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि सत्ता साझेदार दुई ठुला दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘ग्रिन सिग्नल’ पाएपछि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् ।
बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्ने वा नमिलने भन्ने कानुनी अन्यौलता देखिएपछि भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।
गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएपछि बिहिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले भट्लाई बोलाएर छलफल गर्दै भगर्नर बनाउने सिग्नल दिएका थिए ।
गभर्नरका लागि उच्च राजनीतिक तहबाटै ग्रिन सिग्नल पाएपछि भट्टले शुक्रबार राजिनामा दिएका हुन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले डा भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चितजस्तै भएको छ ।
प्रतिक्रिया दिनुहोस्