Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१२ को परीक्षा स्थगित गरिएको छैन :  राष्ट्रिय परीक्षा बोर्ड

१२ को परीक्षा स्थगित गरिएको छैन :  राष्ट्रिय परीक्षा बोर्ड
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा –१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ।  शिक्षा ऐन तत्काल ल्याउनुपर्ने लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू १७ दिन देखि सडकमा आन्दोलनरत रहँदा सामाजिक सञ्जालमा कक्षा–१२ को परीक्षा स्थगित भएको प्रचारप्रसार हुन थालेपछि बोर्डले आज विज्ञप्ति जारी गर्दै परिक्षा स्थगित नभएको जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

भ्रम फैलाउन बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान गरी हस्ताक्षर राखेर अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको समेत उल्लेख गर्दै परिक्षा स्थगित गरिएको भ्रामक सूचना फैलाइएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘२०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तै, बोडैले परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकहरुमा अपिल गर्दै विद्यार्थीलाई परिक्षाको तयारी जारी राख्न सूचनामार्फत आग्रह गरेको छ ।

‘बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन हुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ, सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit