Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

विकास बैंकहरूको नाफा बढ्दो, पाँच बैंकले कमाए अघिल्लो वर्षभन्दा बढी

विकास बैंकहरूको नाफा बढ्दो, पाँच बैंकले कमाए अघिल्लो वर्षभन्दा बढी
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठ वटा विकास बैंकहरूले कुल ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.३५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा विकास बैंकहरूको कुल खुद नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको इजाजत प्राप्त रहेका यी आठ विकास बैंकमध्ये पाँच बैंकले नाफामा वृद्धि गरेका छन् भने तीन बैंकको नाफा घटेको देखिन्छ। समग्रमा बैंकहरूबीच नाफाको दौडमा उछिनमुछिन देखिएको छ।

उल्लेखनीय नाफा आर्जन गर्ने विकास बैंकहरूको सूचीमा गरिमा विकास बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले तेस्रो त्रैमाससम्ममा ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.३२ प्रतिशतले बढी हो। मुक्तिनाथ विकास बैंक ७२ करोड ४८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहँदा, यस बैंकको नाफामा भने १६.८६ प्रतिशतको गिरावट आएको छ।

तेस्रो स्थानमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको समान अवधिमा यस बैंकको नाफा ५१ करोड ४६ लाख रुपैयाँ थियो, जसमा खासै अन्तर देखिएको छैन।

नाफा वृद्धिदरको हिसाबले गरिमा विकास बैंक पुनः सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत वर्षको तुलनामा नाफा १०१.१४ प्रतिशतले वृद्धि गरी १५ करोड २४ लाखबाट ३० करोड ६६ लाख रुपैयाँ पुर्‍याएको हो।

यस्तै, कामना सेवा विकास बैंकको नाफा ४८.८३ प्रतिशतले वृद्धि भई ४९ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
महालक्ष्मी विकास बैंकले १६.८७ प्रतिशतले बढाएर ४३ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१९ प्रतिशतको दरले बढेर ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

तर, सबैभन्दा बढी नाफा घटेको बैंकको सूचीमा लुम्बिनी विकास बैंक परेको छ। बैंकको नाफा ८५.४५ प्रतिशतले घटेर ४ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा उक्त बैंकले ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विकास बैंकहरूको समग्र नाफामा सुधार देखिए पनि केही बैंकहरू अझै जोखिम मुक्त हुन नसकेको संकेत मिलेको छ। लगानीकर्ताहरूका लागि यी परिणामहरूले बैंकको वित्तीय स्वास्थ्य बुझ्न सहयोग पुर्‍याउनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit