Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एनआरएनएको एकता महाधिवेशन जेठ १६ गते गर्ने तयारी

एनआरएनएको एकता महाधिवेशन जेठ १६ गते गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौं । लामो समयदेखि आन्तरिक विवादमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अन्तत एकता महाधिवेशन गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सर्वोच्च अदालतको परमादेशपछि एनआरएनएलाई एकताबद्ध गर्न गठन भएको डा.शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आगामी जेठ १६ मा काठमाडौंमा एकता महाधिवेशन गर्ने तयारी गरेको हो ।

एनआरएनए उच्चस्तरीय समितिले आज पत्रकार सम्मेलन गरी वेबपोर्टलमार्फत १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको तथा विभिन्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) मार्फत आएको संख्या समेत जोड्दा ६३ हजारभन्दा बढीले सदस्यता लिएको जानकारी दिएको छ ।

महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन २५ सयभन्दा बढीले निवेदन दिइसकेको समितिले जनाएको छ । प्रतिनिधिका रूपमा सहभागी हुन आवेदन दिने अन्तिम म्याद वैशाख ९ गते राति ११ :५९ बजे सम्म तोकिएको छ ।

महाधिवेशनका लागि नयाँ कार्यसमिति अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) चयन गर्न वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन भइसकेको छ । समितिमा सेवा निवृत्त मेजर डमर घले र अधिवक्ता आशीष उप्रेती सदस्य रहेका छन् भने निर्वाचन प्रक्रिया पारदर्शी बनाउन पूर्वअध्यक्ष दैवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको समितिले जनाएको छ ।

सन् २००३ मा स्थापना भएको एनआरएनएले विगत दुई दशकमा नेपालमा लगानी, सरकारसँगको समन्वय, प्रवासी नेपालीका हक–हित र सामाजिक कल्याणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit