Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘जीवनमा तीन कुरा मात्र सबैका लागि समान छन्’

‘जीवनमा तीन कुरा मात्र सबैका लागि समान छन्’
विज्ञापन
Advertisement

भक्तपुर । अन्तर्राष्ट्रिय शान्तिवक्ता, लेखक एवम् शान्तिदूत प्रेम रावतले ११ वर्षपछि नेपालमा दुई छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

भक्तपुरको सिपाडोलमा बुधबार हजारौँ श्रोतामाझ सम्बोधन गरेका उनले यसै साता रुपन्देहीको सैनामैनामा पनि १ लाख बढी श्रोतालाई सम्बोधन गरेका थिए ।


कार्यक्रममा सम्बोधन गर्दै प्रेम रावतले मानव जीवनबारे आफ्नो धारणा राखेका थिए । उनले  मानसिक स्वास्थ्यलाई महत्व दिनुपर्ने सम्बन्धमा केन्द्रित हुँदै जीवन र जगत प्रतिको मानव धारणामा समारात्मक सन्देश प्रवाह गर्ने गरी कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले भने, “हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो ? तीनओटा कुरा सबैका लागि समान छन् । पहिलो तपाईँको जन्म भएको छ, दोस्रो तपाईँ अहिले जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईँले यो संसारबाट बिदा लिनुपर्ने छ ।”


व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनुपर्छ जीवनमा बाहिरी भन्दा आन्तरिक आनन्दको अनुभव गर्न आवश्यक पर्छ भन्ने सम्बन्धमा उनले आफ्ना अनुभवहरु सुनाए । हरेक व्यक्तिलाई आशा र शान्तिको सन्देश प्रदान गर्दै उनले जीवनप्रति सकारात्मक दृष्टिकोण राखेर प्रस्तुत हुनुपर्नेमा जोड दिए । यस्तै, आन्तरिक सुख र शान्ति सम्बन्धी व्यावहारिक मार्ग देखाउन उनले विभिन्न कार्यक्रमहरुमार्फत प्रेरणा दिँदै आएका छन् ।

प्रेम रावतको बारेमा :
प्रेम रावत न्युयोर्क टाइम्समा सर्वाधिक विक्री भएको पुस्तक ‘हियर ओर्सेल्फ‘ पुस्तकका लेखक हुन् । विश्वशान्तिदूतको भूमिकासँगै धेरै मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न उनले भूमिका निवाह गर्दै आएका छन् ।
उनी ’द प्रेम रावत फाउन्डेसन’ (टीपीआरएफ) का संस्थापक हुन् । संस्थाले ‘जनभोजन’ कार्यक्रममार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकाका विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई पौष्टिक भोजन प्रदान गर्दै आएको छ । यस्तै, उनले सञ्चालन गरेको ’पिस एजुकेसन कार्यक्रम’ मार्फत ५ लाखभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् । यो कार्यक्रम विभिन्न देशका १ हजारभन्दा बढी जेलमा सञ्चालन भइरहेको छ ।
रावतको परिचय वक्ता र लेखक मात्र सिमित नभएर आविष्कारक, सङ्गीतकार, कलाकार, फोटोग्राफर एवं कुशल विमानचालक समेत हुन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit