Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

पर्यटन प्रवर्द्धन गर्न काठमाडौंमा टुरिजम प्रोजेक्ट सोकेसको आयोजना हुँदै

पर्यटन प्रवर्द्धन गर्न काठमाडौंमा टुरिजम प्रोजेक्ट सोकेसको आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक प्रदेशहरुको पर्यटन प्रोजेक्ट बनाएर टुरिजम प्रोजेक्ट प्रदर्शनीमा सम्भावित योजनाको सोकेस गरिने भएको छ । एलिसन हस्पिटालिटी प्रा.लि.को आयोजनामा सिभिल तथा आर्किटेक्ट इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले कोशी प्रदेशको स्थलगत अध्ययन गरी सो क्षेत्रको पर्यटनसँग सम्बन्धित प्रोजेक्ट तयार गर्न लागेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पहिलो चरणमा कोशी प्रदेशको पर्यटन प्रोजेक्ट बैंक तयार गर्न लागिएको एलिसन हस्पिटालिटी प्रा.लि.की अध्यक्ष एलिना मगरले जानकारी दिइन् । उनका अनुसार सात वटै प्रदेशको छुट्टा–छुट्टै प्रोजेक्ट बैंक तयार गरिनेछ ।

नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ ९ गते देखि ११ गते सम्म काठमाडौंस्थित जी रामायणा होटलमा आयोजना गर्न लागिएको ‘टुरिजम प्रोजेक्ट सोकेस प्रदर्शनी’ मा कोशी प्रदेशका सम्भावित पर्यटन प्रोजेक्टहरुलारुई प्रर्दशनीमा राख्न लागिएको हो । आयोजकले उक्त दुई दिने प्रर्दशनीमार्फत कोशी प्रदेशमा रहेका नयाँ पर्यटन सम्भावनालाई उजागर गर्दै प्रदेश बाहिर पर्यटकीय स्थलहरुको प्रचार गरी पर्यटन वृद्धिमा सहयोग पुर्याउने जनाइएको छ ।

उक्त प्रर्दशनीमा पर्यटनका परियोजनाहरु तयार गरेर कोशी प्रदेशमा लगानीका लागि प्रोडक्ट तयार गर्ने र सो प्रोडक्टलाई सोकेस गरी लगानीकर्तालाई कोशी प्रदेशमा लगानीका लागि आह्वान गर्ने लक्ष्य छ । यस्तै, उत्पादन भइरहेका दक्ष जनशक्तिलाई प्रर्दशनीमार्फत लगानीकर्तासँग साक्षात्कार गराउने र उनीहरुको प्रोजेक्टमा लगानीको लागि आर्कर्षित गर्न सेतुको काम गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष मगरले बताइन् ।

‘यस कार्यक्रममा सहभागिताका लागि नेपालभरबाट इन्जिनियरिङका विद्यार्थीहरुलाई आह्वान गरिएको छ । सो मध्येबाट १० वटा कन्सेप्ट पेपरलाई छनौट गरी प्रतिस्पर्धामा सामेल गराइनेछ । छनौट प्रक्रिया यहि वैशाख २० गतेदेखि सुरु हुदैछ’ अध्यक्ष मगरले भनिन् ।

छनौंटमा परेका कन्सेप्ट पेपरका सहभागीले तोकिएको स्थलमा गएर स्थलगत अध्ययनपश्चात प्रोजेक्टको ड्रयङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्दछ । प्रतिस्पर्धात्मक प्रतिभा देखाउने उक्त अवसरले विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न प्रेरित गर्नुका साथै नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, स्थानीय समुदायको उत्थानमा योगदान पु¥याउन महत्वपूर्ण सावित हुने आयोजकको विस्वास छ ।

इन्जिनियरिन (सिभिल तथा आर्किटेक्चर) का विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर भएको आयोजकको भनाइ छ । सहभागी हुने प्रतिस्पर्धीले आवश्यकता अनुसार समुहमा रही व्यवस्थापन वा आइटीका विद्यार्थीलाई समेत आफ्नो टोलीमा सामेल गराउन सक्नेछन् । एउटा समुहमा बढिमा ५ जना सम्मले काम गर्न सक्नेछन् ।

आयोजकद्वारा प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख, दोस्रो स्थान लिनेलाई नगद ५० हजार, तेस्रो स्थान हाँसिल गर्ने टोलीलाई नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, सहभागी सम्पूर्ण टिमले १० हजार रुपैयाँ र प्रमाणपत्र सँगै आकर्षक गिफ्ट पाउनेछन् ।

सहभागीलाई प्राविधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसीएसनले गर्नेछ । यसैगरी कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ उक्त
कार्यक्रमको प्रवद्र्धक हुन् । विद्यार्थीहरुले तयार गरेको प्रोजेक्ट काठमाडौंमा ३ दिन प्रदर्शनीपश्चात् कोशी प्रदेशमा पनि प्रोजेक्ट प्रदर्शनी गरिने अध्यक्ष मगरले जानकारी दिइन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit