Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

१४ वर्षीय सूर्यवंशी ‘नेक्स्ट सुपरस्टार’ घोषित, कसले के दिए प्रतिक्रिया ?

१४ वर्षीय सूर्यवंशी ‘नेक्स्ट सुपरस्टार’ घोषित, कसले के दिए प्रतिक्रिया ?
विज्ञापन
Advertisement

काठमाडौं । चौध वर्षीय युवाले ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ । सोमबार जम्मा १४ वर्ष ३२ दिनका सूर्यवंशीले ३५ बलमा शतक पूरा गरेपछि विश्वभर उनको चर्चा चुलीएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बायाँ हाते ओपनर सूर्यवंशी राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि निकालेको आठ विकेटको शानदार जितमा सबैभन्दा धेरै रनको योगदान गर्ने खेलाडी मात्र भएनन् उनले टी–२० शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दै नयाँ कीर्तिमान बनाए ।  “यो सपना जस्तै हो”, उनले भनेका छन्।

सन् २०१३ मा क्रिस गेलको ३० बलको शतकपछि सूर्यवंशीले आफ्नो तेस्रो आइपिएल म्याचमै शतक प्रहार गरी दोस्रो स्थान हासिल गरेका हुन् । ‘बोस बेबी’ उपनामले चिनिने सूर्यवंशीले वेस्ट इन्डिजका महान खेलाडी गेल भन्दा ४ बल बढी खेल्दै दोस्रो स्थानमा पुगेका हुन् । गेललाई ‘युनिभर्स बोस’ का रूपमा चिनिन्छ ।

नोभेम्बरको आइपीएर अक्सनमा बोली लगाउने क्रममा राजस्थानले एक लाख ३० हजार पाँच सय डलरमा किनेपछि सूर्यवंशी निकै चर्चामा आएका थिए । त्यसको कारण उनको अक्सन मूल्य र १३ वर्षको उमेर बनेको थियो ।

उनले आइपिएलको पहिलो बलमै अनुभवी भारतीय तीब्र गतिका बलर शार्दुल ठाकुरलाई छक्का प्रहार गरेका थिए । डेब्युमै २० बलमा ३४ रनको योगदान गरेका उनले त्यसको ठिक ९ दिनपछि जयपुरको किल्लामा भारतका मोहम्मद सिराज, इशान्त शर्मा र वासिङ्टन सुन्दर, राशिद खान जस्ता अनुभवि बलर विरुद्ध आक्रामक व्याटिङ गर्दै चौका छक्काको वर्षत गरेका थिए । सूर्यवंशीले ११ छक्का र सात चौकासहित ९४ रनको कीर्तिमानी पारी खेले । कूल ३५ बल खेलेका उनले १०१ रन बनाएर बोल्ड आउट भए ।

 

उनको कीर्तिमानी पारीपछि भारतसँगै विश्वभरका क्रिकेटर तथा पूर्वक्रिकेटरहरुले प्रतिक्रिया दिएका छन् ।

“वैभवको निडर दृष्टिकोण, ब्याटको गति, लम्बाइ चाँडै पहिचान गर्ने र बलको पछाडि ऊर्जा स्थानान्तरण गर्ने शानदार पारीको पछाडिको रेसिपी थियो”, भारतीय क्रिकेट आइकन सचिन तेन्दुलकरले सामाजिक मिडियामा भनेका छन्, “राम्रो खेल !”
सूर्यवंशीले आफ्नो १७ बलमा अर्धशतक बनाउने क्रममा अनुभवी द्रुत गतिका बलर शर्माको एकै ओभरमा २८ रन जोडेका थिए ।

त्यसपछि उनले अफगानिस्तानका तीव्र गतिका बलर करिम जनतको डेब्युलाई भुल्न नसक्ने बनाइदिए । जनतको पहिलो आइपिएल ओभरमा सूर्यवंशीले तीन छक्का र तीन चौका प्रहार गर्दै ३० रन बनाए ।

खुट्टा भाँच्चिएका राजस्थानका प्रमुख प्रशिक्षक राहुल द्रविड सूर्यवंशीले अफगानिस्तानका स्पिन जादुगर राशिद खानबाट छक्का प्रहार गरेर शतक पूरा गर्दा आफ्नो ह्वीलचेयरबाट उठेर दुई हातले ताली बजाएका थिए । “के तपाईंले यस्तो केही कहिल्यै देख्नुभएको छ ?” अस्ट्रेलियाका पूर्व ह्वाइट बल (एक दिवसीय) क्याप्टेन आरोन फिन्चले सामाजिक मिडियामा आश्चर्य प्रकट गर्दै भनेका छन्, “कस्तो प्रतिभा !”

भारतका सन् १९८३ को विश्वकप विजेता ब्याट्सम्यान क्रिस श्रीकान्तले किशोरको ‘कम्पोजर, क्लास र साहस’ को प्रशंसा गर्दै ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार यहाँ छ’ भनेर प्रशंसा गरेका छन् । भारतका टी–२० कप्तान एवं मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले यो ‘इनिङ्सको नरसंहार’ र ‘बिल्कुल पागल’ भएको प्रतिक्रिया दिएका छन् ।

स्पिन बलिङ पनि गर्न सक्ने सूर्यवंशी भारतको सबैभन्दा गरिब राज्य बिहारबाट आएका प्रतिभा हुन् । उनले सन् २०२४ जनवरीमा केवल १२ वर्षको उमेरमा रणजी ट्रफीमा आफ्नो घरेलु डेब्यु गरेका थिए । त्यसपछि भ्रमणमा रहेको अस्ट्रेलिया टोलीविरुद्ध भारतको अन्डर–१९ टोलीमा उनी छनोट भएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit