Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बजाजको भृकुटीमण्डप एक्सचेन्ज मेलाः १ घण्टामा फाइनान्स, यस्ता छन् आकर्षक अफरहरू

बजाजको भृकुटीमण्डप एक्सचेन्ज मेलाः १ घण्टामा फाइनान्स, यस्ता छन् आकर्षक अफरहरू
विज्ञापन
Advertisement

काठमाडाैं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज ग्रान्ड कार्निभल’ योजना सार्वजनिक गरेको छ। आज (वैशाख १६) गतेदेखि २१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यस कार्निभलमा पुराना मोटरसाइकल साट्न चाहने ग्राहकहरूले २० भन्दा बढी भ्यालुयटर्स (मूल्याङ्कनकर्ताहरू) बाट ग्यारेन्टीका साथ उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार, यो एक्सचेन्ज मेलाको माध्यमबाट ग्राहकहरूले अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज, टेस्ट राइड तथा गेम जोन जस्ता थप आकर्षणको समेत लाभ उठाउन सक्नेछन्।

विशेषगरी किस्ताबन्दीमा बाइक किन्न चाहने ग्राहकका लागि यस योजनाले झन्झटरहित सेवा उपलब्ध गराउने बताइएको छ। यस अन्तर्गत, बिना झन्झट घर जग्गाको लालपुर्जा, बिजुली र पानीको बिल वा आय स्रोत प्रमाणपत्र बिना नै एक घण्टाभित्र ऋण स्वीकृति पाइनेछ। फाइनान्स योजनाअन्तर्गत ग्राहकहरूले ९.९९ प्रतिशत ब्याजदर मा बाइक किन्ने सुविधा पाउने छन्।

‘बजाज ग्रान्ड कार्निभल’ नेपालको सबैभन्दा ठुलो मोटरसाइकल एक्सचेन्ज योजनाको रूपमा चिनिँदै आएको छ। यसले ग्राहकलाई आफ्नो पुरानो मोटरसाइकल उच्च मूल्यमा बिक्री गरेर बजाजका नयाँ र आकर्षक मोडेलहरूमा रूपान्तरण गर्ने सुनौलो अवसर प्रदान गर्दछ। कम्पनीले सबै मोटरसाइकलप्रेमीहरूलाई भृकुटीमण्डप पुगेर यो विशेष अवसरको लाभ उठाउन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit