images
images

पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

images
images
images

काठमाडौैं । चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता र संस्कृतिलाई प्रमुख आधार मानेर देखाइएको अभिनेता विपिन कार्कीले बताएका छन् ।

चलचित्रको श्रव्यदृश्य (ट्रेलरं सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताए ।

images
images

उनले भने, ‘गीतसङ्गीतझैँ सरल र सहज कथामा चलचित्र बनेको छ । यसले दुई दशक अगाडिको समयमा फर्काउँछ र त्यसबेलाको एउटा ग्रामीण परिवेशसँग परिचित गराउँछ । यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ ।’

उनले पछिल्लो समय आइरहेका भन्दा नितान्त भिन्न भूमिकामा आफू चलचित्रमा देखिने बताए । उक्त चलचित्रका निर्देशक नवीन चौहानले चलचित्रमार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकसम्म पु¥याउन लागेको बताए ।

‘मैले सोचेको एउटा संसारलाई चलचित्रको पर्दामा ल्याएको छु । यो पात्र र यहाँको परिवेश मेरो कल्पना र यथार्थ हुन् । गीतसङ्गीतमार्फत् कथा भन्दै गर्दा यसपटक ठूलो पर्दामा आएका छौँ’, उनले भने ।

पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा अभिनेता कार्कीसँगै अभिनेत्री मिरुना मगर, परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री मगरले उक्त चलचित्रमा आँखालाई शीतलता, कानलाई कर्णप्रिय सङ्गीतसहित पाँचथरको एक समाजको कथालाई देखाइएको छ ।

‘बाल्यकाल नै विदेशमा बितेकाले होलो, यसपटक छुटै संसारमा बाच्न पाएँ । मैले आफ्नो ‘पात्र’अनुसारको भूमिका सफलतापूर्वक पूरा गरेकी छु । चलचित्रले गुरुङ–मगर र बाह्मण समुदायको संस्कृति र आपसी सद्भावलाई झल्काउने कोशिस गरेको छ’ अभिनेत्री मगरले भनिन् ।

उक्त चलचित्रमा गीतसङ्गीत निर्देशकको भूमिका गायक सुजन चापागाईंले निर्वाह गरेका छन् । उनले चलचित्रमा काम गर्दा नयाँ अनुभव सङ्गालेको बताए । निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुनेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्