Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बाजुरा अस्पतालमा महिना दिनदेखि बिरामीले पाएनन् जिवनजल

बाजुरा अस्पतालमा महिना दिनदेखि बिरामीले पाएनन् जिवनजल
विज्ञापन
Advertisement

बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिना दिनदेखि जिवनजलको अभाव हुँदा बिरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि बिरामीले पाउन सकेका छैनन् ।

विज्ञापन
Advertisement
Advertisement

झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा बिरामीहरु समस्यामा परेका छन् । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिना दिनदेखि खाली हात फर्किन बाध्य छन् ।

झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा नआउँदा बिरामीले बाहिर मेडिकलबाट महंङ्गो रुपैयाँमा किनेर लिने गरेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।

तिसक्दो चाँडो जिवनजल आपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य बिरामीलाई सहज हुने उनले बताए । नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध गराउन नसकिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीको भनाइ छ। नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit