Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

९ बुँदे सहमतिसँगै शिक्षकहरूको हड्ताल स्थगित, असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता

९ बुँदे सहमतिसँगै शिक्षकहरूको हड्ताल स्थगित, असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौंमा चैत २० गतेदेखि जारी रहेको शिक्षकहरूको हड्ताल र प्रदर्शन स्थगित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सहमति पूर्णरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिको कार्यान्वयनबारे जानकारी दिएका हुन्।

शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमति यस्तो छः

१। सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंस्थित निजामती अस्पतालमा सहुलियत दरमा उपचार उपलब्ध गराउने।

२। अस्थायी प्रकृतिका शिक्षकहरू (राहत, करार, साविक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा, बालविकास सहजकर्ता) का सञ्चित बिरामी बिदाको रकम सेवा अन्त्यमा एकमुष्ट रूपमा दिने।

३। प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारको तोकिए अनुसार कायम गर्ने।

४। आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकहरूका लागि निजामती सेवा ग्रेड प्रणाली लागू गर्ने।

५। सबै प्रकारका शिक्षकलाई प्रचलित कानुनअनुसार दुर्गम भत्ता दिने व्यवस्था गर्ने।

६। सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था मिलाउने।

७। शिक्षकहरूलाई नेपाल सरकारको मर्यादाक्रमको सूचीमा समावेश गर्ने।

८। आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।

९। निम्न माध्यमिक तहका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह कायम गर्ने।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार सहमति कार्यान्वयन गर्न राज्यलाई करिब ८ अर्ब रुपैयाँ अतिरिक्त भार पर्नेछ। यो विषयमा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री पन्त, गृहमन्त्री रमेश लेखक तथा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संयुक्त रूपमा जानकारी दिएका थिए।

त्यस्तै, सत्तारूढ दलहरूले विद्यालय शिक्षा विधेयक आगामी असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आन्दोलनरत शिक्षकहरूलाई आश्वस्त पार्न दुई दलको संयुक्त वक्तव्य पनि जारी गर्ने तयारी भइरहेको छ।

शिक्षक महासंघले सहमति र प्रतिबद्धतापछि आजैदेखि हड्ताल र आन्दोलन स्थगित गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit