Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

श्रम दिवस : परिवारको भविष्य खोज्नेहरु….

श्रम दिवस : परिवारको भविष्य खोज्नेहरु….
विज्ञापन
Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पु¥याउनको लागि भ्याइनभ्याई हुने गथ्र्यो । त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

तर, विगत पाँच वर्षयता भने उनले जस्तै वीरगञ्जमा भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ । अहिले ४७ वर्षे महतोलाई वीरगञ्ज आसपासमा रिक्सामा सवार गर्ने यात्रु भेट्टाउन पनि मुस्किल पर्ने गरेको गुनासो सुनाउँछन् ।

‘२० साल अघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तब्यमा पु¥याउन भ्याइनभ्याई हुने गथ्र्यो । त्यतिबेला पनि आम्दानी पनि राम्रै हुने गथ्र्यो,’ उनले भने । ‘अचेल त चोक–चोकमा छ्याप्तछयाप्ती भेट्टिने अटोरिक्साका कारण हामीजस्ता भाडाका रिक्सा चालकको काम खोसिएको छ । अचेल त दिनको ७०० कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ ।’

तीन छोरी र दुई छोराका पिता महतोलाई रिक्सा चलाएर नै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो पोखे । ‘अहिले महङ्गीले आकाशै छुम्ला जस्तो गरिसक्यो । बिहान ०३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिदा पनि मुस्किले ७०० कमाउन धौ धौ भइसकेको छ,’ उनले भने । ‘त्यो सात सयमा पनि २०० त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्को बाध्यता छ । ’ यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैनन् । अधिकांश रिक्सा चालकले दैनिक औसतमा १५० देखि रु २०० भाडा तिरेर साहूको रिक्सा चलाएर आफ्नो गुजारा चलाउँदै आइरहेका छन् ।

‘रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तब्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुची देखाउँदैनन्,’ रिक्सा चालक महतोले भने ‘मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र ’

वीरगञ्जको घण्टा घर चोकदेखि बसपार्कसम्म अटोरिक्सामा १० मात्र नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तिमा पनि ३० पर्ने भएकाले पनि भएकाले पनि सर्वसाधारणको रोजाईमा भने अचेल रिक्सा खासै पर्दैन ।

उनले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको दुखेसो पोखे । ‘५० हजार पर्ने रिक्सा त आफैं किन्न सकेको छैनौ भने कहाँ चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो ।’ चालकले भने ।

प्राचीन तथा व्यापारिक सहर वीरगञ्ज बजारमा पहिला जस्तो रिक्सा गुड्न पनि कमी आएको छ । अहिले वीरगञ्जमा औषतमा २०० भन्दा धेरै रिक्सा चालक रहेका छन् ।

वीरगञ्जकै घण्टाघर आसपासमा रिक्सा चलाउँदै आइरहेका ४६ वर्षे बसन्त गिरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताए । ‘अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ,’ उनले भने । ‘रिक्सा चलाउने बाहेक अन्य कुनै सीप छैन । तर यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि ।’

वीरगञ्जमा नेपाली नागरिक मात्रै नभएर भारतीय नागरिक पनि रिक्सा चलाउँदै आइरहेका छन् । भारतको विहार राज्यअन्तर्गतको बेतिया जिल्लाका ६० वर्षे सुरेश रामको अनभुवमा पनि पछिल्लो समय रिक्साका चढ्ने यात्रु घटेको अनुभव सुनाउँछन् ।

‘मेरो त जिन्दगी नै रिक्सा चलाएर बित्योभन्दा पनि हुन्छ,’
उनले भने,‘वीरगञ्जमै रिक्सा चलाएको पनि ४५ वर्ष बितिसक्यो । तर अचेल रिक्सा चढ्ने यात्रुभने घटेको घट्यै छन् । यस्तै अवस्था रहीरह्यो भने त घर फर्किनुपर्ला भन्ने लागिरहेको छ’ उनले भने । ‘बेटरीवाला अटोरिक्साले हाम्रो काम जति सबै खोसेका छन् । कसरी टिक्नु खोई ?’ रिक्साचालक रामका अनुभवमा अटोरिक्सा नपाएको बेला र अत्यावश्यक परेको खण्डमा मात्रै यात्रु रिक्सा चढ्ने गर्छन । ‘छोटो रुट, अटोरिक्सा नगुड्ने ठाउँमा मात्रै यात्रुको रोजाइमा रिक्सापर्ने गर्छ,’ उनले भने,‘ पहिले त रिक्सा चढ्न हानाथाप हुने गथ्र्यो । अचेल त पुराना बुढापाका मात्रै चढ्ने गर्छन् ।’

पछिल्लो समय वीरगञ्जमा रिक्सा र टाँगा हराउँदै पनि गइरहेको छ । वीरगञ्ज आसपासमा टाँगा र रिक्सा न्यून सङ्ख्यामा मात्रै सडकमा देखिन्छन् । पछिल्लो समय युवा पुस्ता भने इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थबाट चल्ने अटोरिक्सा चलाउनेतर्फ आकर्षित भइरहेका छन् वैदेशिक रोजगारीबाट फर्किएका युवा भने धमाधम अटोरिक्सा (टेप्पो)तर्फ आकर्षित भइरहेका छन् ।

वीरगञ्ज महानगर–१५ नगवा मोहम्मद सविरु पनि वैदेशिक रोजगारीको लागि तीन वर्ष युनाइटेड अरब इमिरेट्स जानुभयो । तर यहाँको खासै रमाउन नसकेपछि एक वर्षदेखि वीरगञ्ज बजारमा भाडाको अटो रिक्सा चलाउँदै आइरहेका छन् ।

‘अरबको खाडी सहर दुबईभन्दा त आफ्नो घरआँगनमा अटो रिक्सा गुडाउँदा झनै रमाइलो लाग्ने रैछ,’ उनले भने ‘दुबईमा भन्दा यहाँ आठ–दश हजार आम्दानी कम होला तर, परिवारको साथै बसेर काम गर्दा छुट्टै आनन्द महसुस हुने गरेको छ ।’

सबिरुले दैनिक ७०० भाडा तिरेर भाडाको अटो रिक्सा गुडाउँदै आइरहेको बताए । ‘पहिला–पहिला रिक्सा चढ्ने खुवै भेट्टिन्थे,’ उनले भने ‘अचेल छिटो र सस्तो अटोरिक्सा हुने भएकाले सबैको रोजाइमा त्यही पर्ने गर्छ ।’ उनले अटोरिक्सा चलाएर दैनिक औसतमा दुई हजारसम्म आम्दानी गर्न सकिने बताए । ‘अहिले अटोरिक्सा चलाएर परिवारलाई खुसीपूर्वक पालनपोषण गर्दै आइरहेको छु,’ उनले भने ।

वीरगञ्जमा १० वर्षदेखि इलेक्ट्रिक रिक्सा चलाउँदै आउनुभएकी निशाचन्द्र ठकुरी पनि ईरिक्साको पनि आम्दानी पनि घटेको अनुभव सुनाउँछन् । । यहाँ अहिले पाइला–पाइला अटोरिक्सा र इ–रिक्सा पाइने भएकाले पनि कमाई घट्दै गइरहेको छ,’ उनले भने ‘अहिले त दैनिक रु एक हजार ५०० आम्दानी गर्न पनि मुस्किल भइरहेको छ,’ उनले भने, ‘टेप्पो र अटोरिक्सा चालकको हानाथापको कारणले पनि कुनै बेला त रित्तै पनि गुडाउनुपर्ने बाध्यता आइसकेको छ ।’ चन्द्र वीरगञ्जमा पहिलो महिला इ–रिक्सा चालकको रूपमा परिचित छन् ।उनले इ–रिक्सा चलाउन थाल्दा वीरगञ्जमा १० वटा मात्रै इ–रिक्सा गुड्ने गरेको दावी गर्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट वीरगञ्ज बजार क्षेत्रमा अत्यधिक मात्रामा अटोरिक्सा चल्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको बताउँछन् ।‘वीरगञ्जबजार क्षेत्रमा यात्रु ओसार्ने सवारीसाधन भनेकै अटोरिक्सा हो । स–साना सवारीको कारणले पनि पिकआवरमा ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिदैँ आइरहेको छ ।’

वीरगञ्ज बजार क्षेत्रमा अटोरिक्सा, रिक्सा, टाँगा र दुईपाङ्ग्रे सवारीसाधन अत्यधिक मात्रामा गुड्ने गर्छन् । यसको कारणले पनि पछिल्ला समय यहाँका सडक अटोरिक्सा र ससाना सवारीसाधनले भरिभराउ हुने गरेका छन् ।

वीरगञ्ज महानगर आसपासमा चल्ने अटोरिक्साको एकिन तथ्याङ्क भने छैन । यद्यपी यहाँका सरोकारवाला निकायले भने करिब चार हजारको हाराहारीमा गुड्ने अनुमान गर्छन् । वीरगञ्ज महानगर सडक तथा यातायात शाखा प्रमुख विजय गुप्ताले महानगरमा ७५० को हाराहारीमा अटोरिक्सा दर्ता भएको बताए । ‘पर्साका १४ वटै पालिकाबाट वीरगञ्जमा अटोरिक्सा चल्ने भएकाले पनि सङ्ख्या एकिन गर्न र व्यवस्थापनमा पनि चुनौती थपिदैँ आइरहेको छ,’ उनले भने ‘जनशक्तिको अभावको कारणले पनि अटोरिक्सा तथा टेप्पोलाई व्यवस्थित गर्न समस्या भइरहेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit