Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शुक्लागण्डकीको जिपी अस्पतालमा आजबाट डायलासिस सेवा सुरु

शुक्लागण्डकीको जिपी अस्पतालमा आजबाट डायलासिस सेवा सुरु
विज्ञापन
Advertisement

तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृगौला रोगीका लागि डायलासिस सेवा सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो सेवाको आज सुरुवात गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा जिपी कोइराला लायन्स ‘हेमोडायलासिस युनिट’ स्थापना गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएका छन् । यसअघि तीन वटा उपकरणबाट डायलासिसको सफल परीक्षण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौँ । त्यसमा दैनिक पाँच जनालाई सेवा दिन सक्नेछौं ।’ डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइ सकिएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वास उपचार केन्द्र स्थापना गरेको थियो । शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा छ । अस्पतालमा तनहुँको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका स्थानीय तहका बिरामीले सेवा लिने गरेका छन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, ‘जनरल सर्जरी’, ‘इन्टरनल मेडिसिन’ सेवा प्रदान गरिरहेको छ । अस्पतालले केही समय अगाडिबाट ‘कल्चर’ सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग, आपत्कालीन, प्रयोगशाला, ‘भिडियो एक्सरे’, सामान्य शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit