काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा छानबिन गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा माओवादी सांसद अमनलाल मोदीले उक्त ठेक्का प्रकृयामा मिलेमतोमा गरिएको र सार्वजनिक खरिद ऐन विपरीत टेन्डर प्रक्रिया अघि बढेको भन्दै एसआईएल–थ्रीएचसी (सिउ इन्फ्रास्टक्चर लिमिटेड र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन) विरुद्ध छानबिन हुनुपर्ने माग बताएका हुन् ।
‘जगदुल्लाहको आर्थिक प्रस्ताव गर्दाखेरी नै उर्जा मान्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी सामेल भई टेण्डर प्रकृयामा मिलेमतोको गरेको कुरा उठेकाले यसको छानबिन गनुपर्छ, सत्यतथ्य जानकारी गराउनुपर्छ,’ उनले भने ।
सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडको ठेक्का प्रक्रिया पुःन विवादमा परेको थियो । सरकारले नै डोल्पामा निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको पुनः आह्वान गरिएको ठेक्का प्रक्रियाविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले कम्पनीलाई कारण देखाउ आदेश जारी गरेपछि उक्त विषय फेरी चर्चामा आएको हो ।

















प्रतिक्रिया दिनुहोस्