Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

लगानीको क्षेत्रलाई प्राथमिकतामा राखेर ठोस बजेट आउँछ : उद्योग मन्त्री भण्डारी

लगानीको क्षेत्रलाई प्राथमिकतामा राखेर ठोस बजेट आउँछ : उद्योग मन्त्री भण्डारी
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आगमी बजेट उद्योग व्यापारसँगै लगानीको क्षेत्रलाई प्राथमिकतामा राखेर यथार्थपरक ढंगले ल्याउने दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार काठमाडौंमा सुरु भएको ‘दशौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ को उदघाटन समारोहमा उनले अहिलेको नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई १० भन्दा बढी बुँदामा समेटेको बताए। यस्तै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी उद्योग/व्यापार र लगानीको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताए ।

अघिल्ला बजेटहरु नीति तथा कार्यक्रमसँग मेल नखाने तथा अनुत्पादकमूलक क्षेत्रमा केन्द्रित भएर आउने गरेको भन्दै मन्त्री भण्डारीले भने, ‘आगामी आर्थिक वर्षको बजेट लगानीको क्षेत्रलाई प्राथमिकतामा राखेर यथार्थ परक रुपमा आउँछ ।’ उनले भने, ‘हिजो बजेट ल्याउने अभ्यासमा हामी जहाँजहाँ चुक्यौ, आर्थिक अनुशासन जहाँ जहाँ उल्लंघन भए बजेट प्रणालीभित्र जे जस्ता समस्याहरु थिए यी कुरालाई सुनिश्चित गरेर सरकारले ठोस बजेट ल्याउनेछ ।’

यस्तै, उनले उद्योग क्षेत्रलाई चलायमान बनाउने गरी अहिलेको सरकार लागिरहेको उल्लेख गर्दै सरकारले विधेयक संशोधन गरी कानूनी अड्चन हटाएर नेपाली उत्पादकात्व बढाउने गरी लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।

उनले कोभिड र आर्थिक मन्दीका कारण सुस्ताएको देशको अर्थतन्त्रलाई उकास्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुको विकल्प नभएको बताए । सरकारले विधेयकमार्फत गरेको कानून संशोधन र अर्थतन्त्र सुधारका लागि चालेको कदमले कोमामा पुगेको अर्थतन्त्रलाई जनरल वार्डमा सार्ने काम गर्ने दाबी गरे ।

उनले भने, ‘अर्थतन्त्र र व्यापारमा आएको शिथिलताले आज बजार सुस्ताएको छ । यसलाई उठाउनुपर्ने छ । उद्योग र व्यापारको क्षेत्रलाई कोमाबाट जनरल वार्डमा ल्याउने गरी थुप्रै नीतिगत प्रश्नहरुलाई प्राथमिकतामा राखेर सरकारले यो क्षेत्रलाई उठाउन खोजेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit