काठमाडौं । काठमाडौंको धोबीघाटस्थित टाउन ब्वाइज एण्ड गर्ल्स होस्टेललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले आज उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक प्रावधान पूरा नगरेको भन्दै उक्त होस्टेललाई कारबाही गरेको हो ।
साथै, विभागले ब्ल्यु फक्स रेस्टुरेन्ट (जावलाखेल)लाई २० हजार रुपैयाँ ,शाम्भाला होम प्रालि (बौद्ध) लाई १० हजार रुपैयाँ , कोल्ड एण्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ।
यस्तै, उपभोक्ता अधिकार उल्लङ्घन तथा कानुनी प्रावधान पालना नगरेको पाइएपछि सातदोबाटोस्थित भाटभटेनी सुपरमार्केट, चाँगुनारायणको फिटकोर मस्कलाईन, वनस्थलीको बीएण्डबी इन्टरनेशनल ट्रेडिङ, डल्लुको ताम्राकार ट्रेडर्स र कुपण्डोलको आरएस स्टार ट्रेडर्सलाई सेवा सुधारका लागि विभागले सामान्य निर्देशन जारी गरेको छ।
















प्रतिक्रिया दिनुहोस्