काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएको गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले पुष्टि गरेका छन् ।
बिहीबार बिहान सात जना सवार निजी हेलिकप्टर उत्तरकाशी जिल्लाको गंगनानी नजिकै दुर्गम स्थानमा दुर्घटनाग्रस्त भएको हो । प्रहरी, राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) र आपतकालीन राहत टोली उद्धारमा खटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दुर्घटनामा ज्यान गुमाउनेहरुको पूरा विवरण प्रहरीले दिएको छैन ।
दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्धार र दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । तस्बिर : पीटिआई







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्