Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पहिलेको चरिचरन हाल पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट

पहिलेको चरिचरन हाल पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट
विज्ञापन
Advertisement

बागलुङ । एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र चिन्दथे । पशुचौयाया चराउने र घाँस दाउरा लिन पुग्ने हाँडिकोट अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घना जङ्गलको बीचमा रहेको अग्लो पहाड हाँडिकोट टापु एकाएक चर्चामा आउन थालेपछि पदयात्रामा आउनेका लागि उपयुक्त गन्तव्य बन्न थालेको हो । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाडमा अहिले गोठाला जान छोडे तर आन्तरिक पर्यटक पुग्न थालेका छन् । हाँडिकोट पुग्नका लागि डाँडाखानी र ब्याडथलाबाट दुवैतर्फबाट पदमार्ग निर्माण भएपछि पदयात्रामार्फत त्यहाँ पुग्ने पर्यटकहरू आकर्षति भएका हुन् ।

डाँडाखानीबाट झण्डै चार किमी पदमार्ग र ब्याडथलाबाट तीन किलोमिटर परम्परागत पदमार्ग निर्माणपछि त्यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ । पूर्वाधार र प्रचारप्रसारका कारण ऐतिहासिक तथा पशुपालन किसानको चरिचरनस्थल हाँडिकोट टापु पुग्ने आन्तरिक पर्यटकहरू बढिरहेका छन् । बागलुङको गलकोट दुदिलाभाटीबाट तस्बिर कैद गर्नका लागि हाँडिकोट पुगेका राम खत्रीले यहाँबाट देखिने मनोरम दृश्यले लोभाएको बताए । डाँडाखानीबाट एक घण्टको पैदलयात्रामा हाँडिकोट पुगेका खत्री फर्कंदा ब्याडथलाको पदमार्ग प्रयोग गरेको बताउछन् । उनले सूर्योदय हेर्न, गुराँसको वन हेर्न र दर्जर्नाै हिमाल हेर्नका लागि हाँडिकोट उपयुक्त गन्तव्य रहेको धारणा राखे । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसँगै दर्जर्नौ हिमऋङ्खला देख्न सकिन्छ ।

“फोटो भिडियो खिच्न रूची राखेर पैदलयात्रामार्फत पर्यटकीय स्थाल पुग्ने गरेको छु, हाँडिकोड पछिल्लो समय चर्चामा आएको गन्तव्य रहेछ, पदयात्रामा रूची राख्ने र प्रकृतिसँग रमाउनेका लागि हाँडिकोट उपयुक्त गन्तव्य लाग्यो, बिहानै आउने पर्यटकका लागि सूर्योदयले मनै लोभ्याउनछ, कोलाहलपूर्ण वातावरणबाट अलग्गै बस्नका लागि हाँडिकोट पृथक गन्तव्य रहेछ”, खत्रीले भने, “यहाँबाट देखिने जैमिनीका अधिकांश गाउँ, हिमालहरूले मनै लोभ्यायो, पहिलाको पशु चरिचरन अहिले पर्यटकीयस्थल भएछ ।”

हाँडिकोट पुग्नका लागि पछिल्लो समय सडक मार्ग पु¥याइएको छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यमा जैमिनी धामपछि हाँडीकोट टापुलाई लिएर पूर्वाधार निर्माणमा तीव्रता दिएको जनाएको छ ।

धार्मिक तथा ऐतिहासिक महत्त्वको रूपमा रहेको हाँडिकोटका थुपै्र विशेषता रहेका छन् । जसमध्ये सूर्योदय र सूर्यास्त पर्यटकलाई लोभ्याउने माध्यम बनेको छ । बागलुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने मनोरम दृश्यहरू आन्तरिक पर्यटकलाई साच्चिकै लोभ्याउने खालको छ । जैमिनी नगरपालिका–१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको हाँडिकोट टापु पछिल्लो बन्दोबस्तीका सामानसहित त्यही रात बिताउन जाने गरेका छन् ।

पदमार्गको पहुँच विस्तारपछि र प्रचारप्रसारका कारण हाँडिकोटमा आन्तरिक पर्यटक आउन थालेको राङ्खानीका स्थानीय लालबहादुर पुनले बताए । उनले बाख्राभैँसी चराउन जाने हाँडिकोटमा अहिले पर्यटक आउने गरेको बताए ।

हाँडिकोटमा पुग्ने पदमार्ग, मन्दिर, सत्तल तथा भ्यू टावरलगायत संरचनामा करिब ७५ लाख खर्च भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ । त्यहाँ भ्यू टावरले पूर्णता र खानेपानीको बन्दोबस्त हुन बाँकी रहेको छ । हाँडिकोट टापुबाट तल बाँदलले ढाकेका पहाडहरू देख्दा हाँडिकोटले त्यहाँ पु¥याउने पर्यटकहरूलाई लोभ्याउने गरेको छ ।

बाइसे चौबिसे राजाका पालामा रहेको दरबारका भग्नावशेषसमेत हाँडिकोटमा पाउन सकिन्छ । समथर भुभाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शीला सुसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटकहरू आउने गरेका छन् । हाँडिकोट पुग्नलाई सडक मार्ग, दुई तर्फबाट पदमार्ग, विश्रामस्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शिला संरक्षणलगायतका थुप्रै पर्यटकीय पूर्वाधार सतिह ७५ लाखभन्दा बढी लगानी भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

हाँडिकोटको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव गरिँदै आएको छ । हाँडिकोटमा २०७७ साल यता पूर्वाधार निर्माणले तीव्रता पाएको हो । हाँडिकोट बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरूले राज्य गरेको स्थान हो । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायत सामग्री अहिले जीवित रहेका छन् ।

हाँडिकोट टापु पुग्नका लागि सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटर यात्रामा व्याडथला र डाँडाखानी पुग्न सकिन्छ भने त्यहाँबाट पैदलयात्रा र सडक यात्रा दुवैमार्फत टापुमा पुगिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit