Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ, प्रदेशका जलस्रोतलाई विकास गर्नुपर्छ

सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ, प्रदेशका जलस्रोतलाई विकास गर्नुपर्छ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर महर्जनले सङ्घीयतालाई अझै बलियो बनाउन सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

२०३९ सालदेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट राजनीति सुरू गरेका सांसद महर्जनले सङ्घीयतालाई बलियो बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्र अधिकारभित्र पर्ने स्रोतसाधनको पहिचान गरी आम्दानीको स्रोत बढाउनुपर्ने धारणा राखे । नेकपा एमाले बागमती प्रदेश कमिटीको उपसमितिसमेत रहेका सांसद महर्जनले देशको युवा पलायन रोक्नका लागि देशको शिक्षा प्रणालीमा सुधार गर्दै रोजगारी सिर्जनाका बाटाहरु खोज्नुपर्ने धारणा राखे । २०४६ सालको आन्दोलनमा अतुलनीय योगदान पुर्‍याउनुभएका सांसद महर्जनसँग गरिएको कुराकानीको सम्पादित अंश ।

संविधानमा उल्लेख धाराहरू पढ्दै गर्दा हामीले शक्ति पृथकीकरणको हिसाबमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले गर्नुपर्ने कामको कार्यान्वयनको पक्षमा यी तीन वटै निकाय जिम्मेवार छन् । कार्यपालिकाले गरेका निर्णयहरु व्यवस्थापिका भित्र छलफल हुन्छ । व्यवस्थापिकाले गरेका निर्णयहरू कार्यपालिकाले कार्यान्वयन गर्दै आएको छ । तर शक्ति पृथकीकरणको हिसाबले यी तीन वटा शक्तिको आआफ्नै कार्यक्षेत्र भएका अलगअलग निकाय हुन् ।

कहिलेकाहीँ संविधानभित्र रहेर पनि संविधानभन्दा बाहिरका कुरा गर्ने राजनीतिक दलहरू पनि छन् । त्यो मिल्छ वा मिल्दैन । तर संसद् र सांसदको अधिकार भनेको कानुन निर्माण गर्ने र जनताका समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनु हो । तर संसद् र सांसदले संविधानभन्दा बाहिर गएर कुनै पनि काम गरेको छैन ।

संविधान देशको मूल कानुन हो । कानुनको पनि मूल कानुन नै हो संविधान । हामीले गरेको २०४६ सालको आन्दोलनपछि बनेको सरकारले २०४७ सालमा संविधान बनाएको थियो । त्यति बेलाको संविधान पनि उत्कृष्ट संविधान भन्ने गर्दथ्यौं । तर त्यो संविधानले वास्तविक जनताको भावनाअनुसार काम गर्न नसकेपछि जनतामा आक्रोश बढेको थियो । अहिलेको संविधान पनि जनताको आन्दोलनपछि बनेको संविधान हो । संविधान बनेपछि हामीले दुई वटा निर्वाचन सम्पन्न गरिसकेका छौँ । संविधानमा केही कमी कमजोरी छन् भने त्यसलाई संशोधन गरेर जानुपर्छ भन्ने हो । तर संविधान संशोधन बहुमतको आधारमा गर्नुहुँदैन । जनताको राय लिएर सबै राजनीतिक दलको सहमतिको आधारमा संशोधन गर्नुपर्छ । सबै दलहरु महमतिमा आएको खण्डमा स्वभाविक रूपमा संशोधन गर्न सकिन्छ ।

संविधानअनुसार हामीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेका छौँ । यो घोषणा गरिसकेपछि संविधानत समाजवाद उन्मूख काम गर्दै जाने हो । जनताका आधारभूत आवश्यकतालाई पूरा गर्दै जाने हो । देशलाई समृद्ध बनाउँदै जाने हो । मुलुकलाई सुखी नेपाली बनाउने हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेछ । सोही अनुसार काम गर्ने सवालमा स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार जिम्मेवार हुनुपर्छ । सङ्घीय सरकारको आफ्नै कार्य क्षेत्र छ । त्यो कार्य क्षेत्रभित्र रहेर ऐन कानून बनाउँदै आएको छ । कानून संशोधन गर्दै जाने सवाल छ । कतिपय विषयहरू विकेन्द्रिकृतको सिद्धान्तअनुसार सङ्घीयता लागू गरिसकेपछि प्रदेश सरकारका काम कारबाहीले सङ्घीयतालाई बलियो बनाउन सहयोग गरेको छ ।

सङ्घीयतालाई अझै बलियो बनाउन आफ्नो क्षेत्रभित्र पर्ने सम्भावनाको खोजी गर्नुपर्छ । जस्तो प्रदेश सरकारभित्र पर्ने जलस्रोतलाई विकास गर्दै लैजानुपर्छ । प्रदेश सरकार आत्मनिर्भर बन्नुपर्छ । स्थानीय सरकार आत्मनिर्भर बन्नुपर्छ । विकासको सवालमा प्रदेश र सङ्घीय सरकार आफैँले छुट्टाछुट्टै काम गर्न सक्छ । तर सङ्घीय सरकारले सिंहदरबारमा मात्रै अधिकार केन्द्रित गर्नुहुँदैन । त्यसो गर्दा सङ्घीयता सुध्रिण हुन सक्दैन । सङ्घीय सरकारले ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनामा काम गरे पनि साना काम प्रदेश र स्थानीय तहको लागि छोडिदिनुपर्छ । ठूला ठूला विदेशी लगानी भित्र्याउनका लागि सङ्घीय सहकारको महत्वपूर्ण भूमिका हुनुपर्छ । तर अहिले व्यवस्थाप्रतिको असन्तुष्टि कुराहरु पनि छन् । सरकारको कामको प्रतिफल भनेस्ता नभएका कारण फरक मत राख्नु स्वभाविक हो । तर सङ्घीयताको पूर्ण कार्यान्वनयका लागि निश्चित रुपमा अलिकति समय लाग्न सक्छ ।

चुनावको समयमा मेरो निर्वाचन क्षेत्रका जनता समक्ष धेरै ठूलो सपना बाढेको थिइन । मैँले जनताको दुःख दुःखमा सँगै हुन्छु भनेको थिए । जुन भूमिका मैले पूरा गर्दै आएको छु । म मेरो निर्वाचन क्षेत्र ललितपुरका जनतासँगै छु । यद्यपी मलाई मत दिएर जिताउने कतिपय जनतासँग पुग्न सकिरहेको छैन । अब सबै जनताको घरघरमा पुगेर उहाँहरूका समस्या बुझ्ने र समाधानको निम्ति पहल गर्नेछु । अर्को विकास निर्माणको सवालमा हिजोका दिनमा सङ्घले संसद् कोष बनाइ राख्दा जनतालाई आश्वस्त पार्ने गरी रकम बाँड्ने गरिन्थियो ।

अहिलेको अवस्थामा जनतालाई ठूलो ठूलो आकांक्षा पूरा गर्नको निमित्त पूर्वाधारका विकासका काम पनि भएका छन् । जस्तो पुल निर्माण, बाटो निर्माण, पोखरी निर्माण, पहिरोको व्यवस्थापन लगायतको क्षेत्रमा काम भएका छन् । निर्माणाधीन अवस्थामा रहेको ग्वार्कोको फलाइओभर हामीले नै अगाडि बढाएको हो । यो निर्माण सम्पन्न भएको दिन मेरो निर्वाचन क्षेत्रको गौरवशाली योजना पूरा हुनेछ । शिक्षा, स्वास्थ्य र रोजगारी र विद्यालय निर्माणको क्षेत्रमा पनि मैले काम गरेको छु । अर्को भनेको सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको छु ।

नेपाली युवा पलायनको विषयलाई दुईरतीन वटा दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो कुरा, हामीले विश्वलाई एउटा घर मानेका छौँ । स्वाभाविक रूपमा गुणस्तरीय शिक्षाको निम्ति एक देशबाट अर्को देश जाने कुरा हुन्छ । तर अध्ययनको निम्ति विदेश जाने युवालाई देशभित्रै राख्नका लागि रोजगार मूलक शिक्षा प्रणालीको विकास गर्नुपर्छ । अर्को भने श्रमका लागि युवा जाने गरेका छन् । यसलाई रोक्नका लागि देशभित्रै रोजगारी सिर्जना गर्नुपर्छ । देशभित्रै कलकारखाना र उद्योगको विकास गर्नुपर्छ । देशभित्रै रहेको स्रोतसाधनबाट रोजगारी सिर्जना गर्नुपर्छ । हामीले पर्यटनको क्षेत्रलाई अझै व्यवस्थित गर्न सकेका छैनौँ । ऊर्जाको क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्ने छ । कृषिलाई आधुनिकीकरण गर्न जरूरी छ ।

म प्रतिनिधिसभाको सदस्य भएको करिब दुई वर्ष भयो । मेरो विगत हेर्नेको हो भने मैले जनस्तरमा सामाजिक कार्यकर्ताको रुपमा लामो समयदेखि काम गर्दै आएको हो । मैले दुई पटकसम्म ललितपुर महानगरपालिको वडा अध्यक्ष भएर काम गरेको अनुभव पनि छ । प्रतिनिधिसभाको सांसद हुनुभन्दा पहिले नै जनताको प्रतिनिधि भएका काम गरेको अनुभवले संसद्मा काम गर्न सजिलो पनि भयो ।

मेरो राजनीतिक, सामाजिक र अनुभव भएकोले पनि सङ्घीय संसद्सम्म पुग्न सफल भएको हो भन्ने लागेको छ । हिजोका दिनमा हामीले जसरी सांसदलाई जनताका विषयवस्तु राखिदिनु पर्‍यो भनेका थियौँ । आज त्यसैगरी मलाई जनताले मेरो विषयवस्तु राखिदिनु पर्‍यो भनेर भन्दै आएका छन् । सोहीअनुसार मैले संसद्मा मेरो निर्माण क्षेत्र ललितपुरका जनताका समसामयिक विषयमा संसद्मा राख्दै आएको छु ।

सार्वभौम सम्पन्न संसद्भित्र जनताका कुरामा मैले सांसद भएदेखि निरन्तर राख्दै आएको छु । मैले जनताका सवाललाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुका साथै जनताको पक्षमा, जनताको चाहना बमोजिम कानुन निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु । सरकारले ल्याएका विधेयकमा संसद् र संसदीय समितिमा प्रर्याप्त छलफल गरेर पास गर्ने गरेका छौँ ।

तर, संसलले हालसम्म जति कानुन बनाउनुपर्ने हो, त्यति कानुन बनाउन सकिरहेको छैन कि भन्ने लाग्छ । संसदीय समितिसम्म पुगेका विधेयकमाथि संशोधन राखेर पनि विस्तृत रुपमा छलफल गरेर मात्रै पास गर्ने गरेका छौँ । हामीले संसवाट धेरै कानुन निर्माण गरेका छौँ । अहिले पनि धेरै विधेयक विचारधीन अवस्थामा छन् । म कानुनको विद्यार्थी भएको नाताले पनि कानुन निर्माणको क्रममा सहयोग पुगेको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit