Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तान युद्धविराममा सहमति

अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तान युद्धविराममा सहमति
विज्ञापन
Advertisement

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै, अमेरिका‍को मध्यस्थतामा भएको लामो वार्तापछि दुई छिमेकी राष्ट्र तत्काल युद्धविरामका लागि तयार भएको बताएका हुन्। ट्रम्पले पोस्टमा लेखेका छन्, ‘म युद्धविराम घोषणा गर्न पाउँदा निकै खुसी छु। सामान्य ज्ञान र महान बुद्धिमता प्रयोग गरेकोमा भारत र पाकिस्तान दुबैलाई बधाई दिन चाहन्छु।’

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार पछिल्लो समय तीव्र बनेको द्वन्द्व परिस्थितिलाई नियन्त्रणमा ल्याउन उनले लामो समयदेखि मध्यस्थता गर्दै आएका थिए। ट्रम्पले आफ्नो प्रयास अन्ततः सार्थक बनेको जनाएका छन्।

यो मेरो दीर्घकालीन कूटनीतिक प्रयासको सफल परिणाम हो,’ ट्रम्पको भनाइ छ। यदि ट्रम्पको दाबी वास्तविक हो भने पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो तनावले उत्पन्न गरेको क्षेत्रीय अशान्ति शान्त हुने सम्भावना बलियो देखिएको छ।

यद्यपि भारत र पाकिस्तान दुबै देशका सरकार पक्षबाट यसबारे औपचारिक पुष्टि आइसकेको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit