Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद डा नारायण खड्काले दिगो विकासका लक्ष्य पूरा गर्न सात वर्षमा २१ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएकाले सोही अनुसार व्यवस्था गरिनुपर्ने माग गरे ।

परराष्ट्र नीति प्रभावकारी कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका योजना सकारात्मक भए पनि कार्यान्वयनमा समस्या आउने गरेकाले अहिलेदेखि प्रभावकारी कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिए । यस्तै, सांसद महेश बर्तौलाले अनुसन्धानमा आधारित उच्च शिक्षासम्बन्धी नीति तथा कार्यक्रमले शिक्षा क्षेत्रको सुधारमा जोड दिएको धारणा राखे । ‘कमाउँदै पढ्दै’ जस्ता कार्यक्रम सकारात्मक रहेका बताउँदै उनले कृषिसम्बन्धी प्रस्तुत गरिएका कार्यक्रमले कृषक र कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।

सांसद सन्तोष परियारले मात्रात्मकबाट गुणात्मक फड्को मार्ने किसिमले नीति तथा कार्यक्रम नआएको बताए । जनताको मौलिक अधिकार कार्यान्वयन गर्न नीति तथा कार्यक्रम र बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सोही अनुसार बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit