Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’

‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’
विज्ञापन
Advertisement

काठमाडौं । ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन आगामी जेठ १ गते आयोजना हुने भएको छ । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानको संयुक्त आयोजनामा हुने सो सम्मेलनको मुख्य ध्येय सिँचाइ र कृषि क्षेत्रबीचको सहकार्यबाट खाद्य प्रणालीको रूपान्तरणमा पानीको भूमिका पहिचान गर्नु रहेको छ। साथै पानी, कृषि उत्पादन र खाद्य सुरक्षालाई जोड्ने नीति तथा अभ्यासमाथि गहन छलफल गर्नु र नेपाल सरकारको कृषि तथा सिँचाइ रणनीति र दिगो विकास लक्ष्य नम्बर १, २, र ६ सँगको समन्वयमा कार्यदिशा तय गर्नुरहेको जल स्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक ई मित्र बरालले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

उनले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल स्रोत तथा सिँचाइ विभाग, जल तथा ऊर्जा आयोग, अनुसन्धान केन्द्र, प्रादेशिक सरकार, अन्तरराष्ट्रिय विकास साझेदार संस्था, निजी क्षेत्र, विज्ञ, किसान, सिँचाइ उपभोक्ता सङ्घका प्रतिनिधि, गैरसरकारी संस्था तथा नागरिक समाजको प्रतिनिधि रहने सो सम्मेलनमा विषयसँग सम्बन्धित कार्यपत्र र विशेष प्रवचन हुने बताए ।

उपमहानिर्देशक बरालले भने, ‘सिँचाइ तथा कृषिको संयुक्त प्रयासवाट खाद्य सुरक्षाको स्थायित्व, दक्षतापूर्वक जलस्रोतको उपयोगबाट आर्थिक समृद्धि हाँसिल गर्न आवश्यक पर्ने रणनीतिमा सम्मेलनमा छलफल हुनेछ र सम्मेलनबाट निष्केका निचोडलाई कार्यान्वयनमा लैजान्छौं ।’

नेपालको कृषि क्षेत्र, खाद्य सुरक्षा र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । कृषि क्षेत्रले जनसङ्ख्याको ठूलो हिस्सालाई रोजगारी दिइरहेको तथा कूल ग्राहस्थ उतपादनमा करिब २५ प्रतिशत योगदान पु¥याएको छ । तर पनि, जलवायु परिवर्तन, पर्याप्त मात्रामा पानीको अभाव तथा उचित व्यवस्थापनमा कमीका कारणले चाहिएको बेला, चाहिएको मात्रामा, सबै सिँचाइ योग्य भूमिमा वर्षौंभरि सिँचाइ सुविधा पु¥याउन सकिएको अवस्था छैन, सोको लागि सिँचाइ प्रणाली व्यवस्थापनमा विषेश जोड दिनुपर्ने आवश्यकता महसुस गरिएको छ ।

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सचिव सरिता दवाडी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधु भेटवाल, राष्ट्रिय योजना आयोगका सदस्य माधव बेलवासे, जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक सञ्जीव बराल, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथ र इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्को आर्चिएरीले सम्मेलनलाई सम्बोधन गर्ने उपमहानिर्देशक बरालले जानकारी दिए ।

जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक बासु तिमल्सिनाले सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘कृषिसँगै आर्थिक वृद्धिमा गुमेका अवसरहरूः क्षेत्रगत एकीकरणका लागि विचारका क्षेत्रहरूतथा समायोजन दृष्टिकोण’, इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका अध्यक्ष मार्को आर्चिएरीले ‘कृषि–सिँचाइ एकीकरणका चुनौती र अवसर’, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट महानिर्देशक डा मार्क स्मिथले ‘अनुसन्धानद्वारा एकीकृत सिँचाइ तथा कृषिमा सुधार’ विषयमा अलग–अलग कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सम्मेलनको प्राविधिक सत्रमा खाद्य सुरक्षाका लागि सिँचाइः अभ्यास र चुनौती छलफल हुने छ र यसको सञ्चालन नवीनचन्द्र अधिकारी गर्नुहुने छ भने विज्ञ टीकाराम बराल, डा मनोहरा खड्का, डा विमला पौड्याल, डा रामकृष्ण श्रेष्ठ, सुशील आचार्य, इन्टरनेसनल कमिसन अन इरिगेशन एण्ड ड्रिनेजका उपाध्यक्ष डा वाई। रेड्डी, नेपालस्थित एशियाली विकास बैँकका देशीय निर्देशक डा अर्नाउड कोउकोइसले भाग लिनुहुने छ ।

यसैगरी कृषि क्षेत्र र सिँचाइबीच सहकार्यका सम्भाव्य बाटोहरूको पहिचान विषयको प्राविधिक सत्रको सञ्चालन डा सन्तोष कैनीले गर्नुहुने उपमहानिर्देशक बरालले जानकारी दिनुभयो दिए। सम्मेलनको सोही सत्रअन्तर्गत नै विज्ञ प्रा डा विष्णुप्रसाद पाण्डेले सञ्चालन गर्नुहुने छ भने सञ्जीव बराल, डा शवनम शिवाकोटी, डा गणेशराज शर्मा, डा मोहसिन हफिज, डा अर्नो कौशोईले छलफलमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit