Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एक वर्षको सफल परीक्षणपछि TUNLAND G7 नेपाली बजारमा सार्वजनिक हुँदै

एक वर्षको सफल परीक्षणपछि TUNLAND G7 नेपाली बजारमा सार्वजनिक हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली सडकमा एक वर्षसम्म सफल परीक्षणपछि, अन्तर्राष्ट्रिय स्तरको पिकअप गाडी TUNLAND G7 अब नेपाली बजारमा सार्वजनिक हुने तयारीमा छ। नेपालका जटिल भौगोलिक र सडक अवस्थालाई ध्यानमा राखेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको यो गाडीले आफ्नो दक्षता प्रमाणित गरिसकेको छ।

विज्ञापन
Advertisement
Advertisement

एमएडब्लू वृद्धिले नेपाली ग्राहकका लागि यो बहुप्रतीक्षित मोडेल ल्याउन लागेको हो। कम्पनीका अनुसार, TUNLAND G7 ले कठिन भूभाग र विविध मौसम अवस्थाहरूमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्दछ।

१६० हर्सपावरको शक्तिशाली इन्जिन र ३९० एनएम टर्कले यस गाडीलाई उच्च प्रदर्शन क्षमतासहित प्रस्तुत गरेको छ। २२५ मिमि ग्राउन्ड क्लियरेन्सका कारण यो उकालो, ओरालो तथा उबडखाबड सडकहरूमा सहजै संचालन गर्न सकिन्छ।

सुरक्षाका दृष्टिले, गाडीमा हिल होल्ड कन्ट्रोलहिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा समावेश गरिएको छ, जसले चालकलाई चुनौतीपूर्ण सडकमा सजिलै गाडी चलाउन सहयोग पुर्‍याउँछ। साथै, पुस-स्टार्ट इन्जिनले नयाँ प्रयोगकर्ताका लागि थप सहजता ल्याउँछ।

अत्याधुनिक सुविधाले भरिपूर्ण यो गाडीमा १२.३ इन्चको इनफिनिटी टचस्क्रिनपानोरामिक सनरुफ जडान गरिएको छ, जसले यात्राको अनुभवलाई प्रिमियम बनाउँछ। सिटहरूमा हिटेडभेन्टिलेटेड प्रणाली छ, जुन १२ तरिकाले इलेक्ट्रिक रूपमा एडजस्ट गर्न सकिन्छ। साथै, अटोमेटिक एयर कन्डिसनिङले मौसमअनुसार भित्री तापक्रम सन्तुलित राख्छ।

TUNLAND G7 एकैसाथ शक्ति, सुरक्षा र लक्जरीको अद्वितीय संयोजन हो। एमएडब्लू वृद्धि यो मोडेलले नेपाली पिकअप गाडी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा पूर्ण विश्वस्त छ। कम्पनीले नेपाली ग्राहकलाई यो नयाँ अनुभव लिन हार्दिक आमन्त्रण गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit