Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार
विज्ञापन
Advertisement

मान्म (कालीकोट) । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उनलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते भएको र प्रसुती व्यथा सुरु हुनु अगावै खतराको लक्षण देखा परेकाले आकस्मिक अप्रेसन गरी बच्चा र आमालाई स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको स्वास्थ्य चौकी चिल्खायाका सिनियर अहेब धनरुप शाहीले बताए ।

सुत्केरी व्यथा लागि जटिल अवस्थामा पुगी रोकायाको उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउनसमेत नसकिने हुँदा तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचार गराउनुपर्ने भएको र उनले बताए । आर्थिक अवस्था कमजोर भएको भनि तिलागुफा नगर कार्यपालिकाको कार्यालयको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit