Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गाउँगाउँमा बढ्दै नसर्ने रोगको जोखिम

गाउँगाउँमा बढ्दै नसर्ने रोगको जोखिम
विज्ञापन
Advertisement

रामेछाप । धनी तथा सहर केन्द्रित मानिने नसर्ने रोगको समस्या अहिले ग्रामीण क्षेत्रमा पनि तीव्र रूपमा फैलिन थालेको पाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सञ्चालन गरेको स्वास्थ्य शिविरमा उच्च रक्तचाप, मधुमेह, बाथ, नसा सम्बन्धी समस्या तथा पक्षघातका बिरामी ठूलो सङ्ख्यामा भेटिन थालेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चिकित्सालयका प्रमुख दीपक कार्कीका अनुसार ५० जनाको स्वास्थ्य परीक्षण गर्दा कम्तीमा पाँच जनामा उच्च रक्तचाप र मधुमेहको गम्भीर समस्या देखिने गरेको छ । तीमध्ये अधिकांशले यसअघि स्वास्थ्य परीक्षण नगरेको र औषधिसमेत सेवन नगरेको पाइएको उनले बताए । प्रयोगशाला प्राविधिक सुमन चापागाईँका अनुसार कतिपय बिरामीमा रगतमा चिनीको मात्रा ५ सय मिलिग्राम/डीएलभन्दा बढी देखिएको छ । खाँडादेवी गाउँपालिका–४ रजगाउँमा आयोजित शिविरमा एक जनाको सुगर ५२४ मिलिग्राम/डीएल पुगेको पाइएको उनले जानकारी दिए । अन्य केही बिरामीमा पनि ४ सयभन्दा बढी चिनीको मात्रा देखिएको थियो ।

मधुमेहको समयमा उपचार नगर्दा आँखाको नसा फुट्ने, हृदयाघात, मिर्गौला फेल हुने लगायतका गम्भीर समस्या निम्तिने चिकित्सालयका डा. उत्तम गैरेले बताए । ग्रामीण क्षेत्रमा उच्च रक्तचापको समस्या पनि बढ्दो क्रममा रहेको चिकित्सालयले जनाएको छ । सामान्यतया १२०/८० एमएम एचजी हुनुपर्ने रक्तचाप कतिपयमा १८०/१३० एमएम एचजीसम्म पुगेको पाइएको छ । धेरै बिरामीले औषधि सेवन नगरेको तथा औषधि सेवन गरिरहेकाको पनि रक्तचाप नियन्त्रणमा नरहेको चिकित्सालयले जनाएको छ । उच्च रक्तचापले हृदयाघात, मस्तिष्कघात, मिर्गौला समस्या लगायत गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने चिकित्सकहरूको भनाइ छ ।

शिविरमा युरिक एसिड, जोर्नी दुख्ने, छालासम्बन्धी रोग तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या पनि उल्लेख्य रहेको डा. गैरेले बताए । चिकित्सालयकी डा. सविता भण्डारीका अनुसार अस्वस्थ खानपान, शारीरिक गतिविधिमा कमी, कृत्रिम पेय पदार्थको बढ्दो सेवन, तनाव तथा बदलिँदो जीवनशैलीका कारण ग्रामीण क्षेत्रमा नसर्ने रोग तीव्र रूपमा बढ्दै गएको छ । यस्तो अवस्थालाई नियन्त्रण गर्न खानपान र जीवनशैली व्यवस्थापनसम्बन्धी कार्यक्रम आवश्यक रहेको उनले बताइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit