Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सरकारलाई राप्रपाको प्रश्न : एउटा गभर्नर पनि दिन नसक्ने ? 

सरकारलाई राप्रपाको प्रश्न : एउटा गभर्नर पनि दिन नसक्ने ? 
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन अर्ब रुपैयाँको मोलमोलाई भैरहेको आरोप लगाउँदै सरकार भ्रष्टाचारमा लिप्त बनेको टिप्पणी गरेकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा विषय उठान गरिन् । नीति तथा कार्यक्रम माथिको छलफलमा कार्कीले सरकारले बजेट निर्माण गर्दा दलहरुका बीचमा सर्वपक्षीय छलफल गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘बजेट निर्माण गर्ने चार–पाँच महिना अगाडि नै सर्वपक्षीय रुपमा संसदभित्र भएका दलहरु बसेर बजेटमा के राख्ने, के विकास गर्ने भन्ने बारेमा व्यापक छलफल होस्, त्यो अनुसार नीति तथा कार्यक्रम आओस् । त्यसपछि सरकारले आफ्ना सिद्धान्त र प्राथमिकतालाई तोकेर मात्र मन्त्रालयगत बजेटको बाँडफाड होस ।’

यस्तै, उनले सरकारको आयु लामो बनाउने हो भने जनतामा गरेको बाचा पूरा गर्न ढिलाई गर्न नहुने उल्लेख गर्दै त्यसको लागि सबै लाग्नुपर्ने बताइन् ।

सांसद कार्कीले अर्थमन्त्रीले देशको आर्थिक अवस्थाबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै भनिन्, ‘प्रतिपक्षलाई देख्ने वित्तिकै लुक्न पर्दैन मन्त्रीज्युहरु, विशेष गरी प्रतिपक्षलाई देखेपछि लुकिहाल्ने ! यो कस्तो विडम्वना हो? देशको स्थिथि कस्तो छ? सरकारको ढुकुटीमा पैसा कति छ भन्ने हामीलाई थाहा दिनुपर्यो नि, हामी मार्फत जनतालाई थाहा हुनुपर्यो नि!’

वर्तमान सरकारले गभर्नर नियुक्तिमा गरेको ढिलाईप्रति सांसद कार्कीले तीन अर्ब रुपैयाँको मोलमोलाई भैरहेको आरोप लगाइन । उनले भनिन्, ‘सरकारले गभर्नर नियुक्ति गर्न सक्दैन, यो सरकार भ्रष्टाचारबाट व्याप्त छ । तीन अर्ब रुपैयाँमा बडाबड भैराखेको छ रे ! एउटा गभर्नर पनि दिन नसक्ने ?’ यस्तै, सांसद कार्कीले रेमिट्यान्सको नाउँमा कालो धन भित्र्याउन नहुने बताइन ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit