Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

रसुवाको गोसाइकुण्डबाट साढे ७ किलो सुन बरामद, चालक नियन्त्रणमा

रसुवाको गोसाइकुण्डबाट साढे ७ किलो सुन बरामद, चालक नियन्त्रणमा
विज्ञापन
Advertisement

काठमाडौं । रसुवा प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ ।  केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ लोड गरिएको गाडीबाट गोसाइकुण्ड गाउँपालिका–२ मा अन्दाजी ७ किलो ६५३ ग्रामको पहेँले धातु फेला परेको प्रहरीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज दिउँसो साढे १ बजे बा ४ ख ६२०१ नम्बरको गाडी जाँच गर्ने क्रममा सो परिमाणमा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी खेमबहादुर शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार बरामद गरिएको पहेँलो धातु सुन हुनसक्ने आशंकामा परीक्षण प्रक्रिया अघि बढाइएको छ । प्रहरीले गाडी चालक २४ वर्षीय किशोर भुजेललाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ । चालक रसुवाकै रहेको बताइएको छ ।

सांकेतिक तस्बिर : 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit