Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर शान्ति

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर शान्ति
विज्ञापन
Advertisement

शहर निद्राबाट बिउँझिनुअघि नै शान्ति श्रेष्ठको दिन सुरु हुन्छ। ५९ वर्षीया श्रेष्ठ हरेक बिहान धरानबाट मोरङको भावन्नेसम्मको यात्रा गर्छिन्—मकै किन्न। बिहानको घामसँगै घर फर्किन्छिन्, अनि सुरु हुन्छ—आगो, धुवाँ, र परिश्रमको अर्को अध्याय।

विज्ञापन
Advertisement
Advertisement

धरान–१६ को लक्ष्मीचोक नजिकैको गल्लीमा, खुला आकाशमुनि बस्छिन् । त्यहीँ, हरेक दिन करिब १६० घोगा मकै पोलेर बेच्छिन्। न सटर छ, न छानो—छ भने श्रम गर्न सक्ने आँट, अनि आत्मनिर्भर बाँच्ने दृढ इच्छाशक्ति।

“काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या? झन् झन् बानी पो पर्दोरहेछ,” श्रेष्ठ मुस्कुराउँदै  भन्छिन्। तीन दशकदेखि चलिरहेको यो दिनचर्या अब जीवनशैली नै बनेको छ।

मकै उत्पादनको लागि उनले मोरङका विभिन्न ठाउँमा बारी नै ठेक्कामा लिन्छिन्। खर्च ६० हजारदेखि १ लाख ५० हजारसम्म पर्छ। कहिले साथीहरू मिलेर लगानी गर्छन्, कहिले घाटा बेहोर्छन्, तैपनि निरन्तरता कहिल्यै टुट्दैन। उनले पोलेको मकै साइजअनुसार प्रतिघोगा १५ रुपैयाँदेखि ५० रुपैयाँसम्ममा बिक्री हुन्छ। यही व्यवसायबाट मासिक ७०–८० हजार रुपैयाँको कारोबार हुन्छ—र जिन्दगी चल्ने आधार पनि यही बनेको छ।

“मकै पोलेरै घरव्यवहार चलिरहेको छ। काम गर्‍यो भने खानाको अभाव हुँदैन,”  उनि भन्छिन्। श्रीमान्को निधनपछिका पछिल्ला ६ वर्ष एकल जीवन बिताइरहेकी श्रेष्ठका लागि मकै न केवल जीविकोपार्जनको माध्यम हो, यो उहाँको आत्मसम्मानको स्रोत पनि हो।

उनले अनुभवको गहिराइमा डुबेर भने यो, “बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन। हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ। मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो। श्रम गरेपछि पाइने सन्तोष नै असली कमाई रहेछ।”

शान्तिको जीवनसंघर्ष केवल एक महिलाको कथा मात्र होइन, यो परिश्रम, लगनशीलता र आत्मनिर्भरताको जीवित मिसाल हो। उहाँका हातबाट निस्कने पोल्ता मकैले धरानका हजारौँ मान्छेहरूको मुखमा स्वादको अनुभूति त दिन्छ नै, उहाँको कथा सुन्दा मनमा साहस र प्रेरणाको स्वाद पनि बस्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit