काठमाडाैं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्रबैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन्। शुक्रबार सम्पन्न भेटका क्रममा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई शुभकामना व्यक्त गरेका थिए।
भेटवार्तामा पुँजी बजारका लगानीकर्ताहरूबाट समय–समयमा उठ्दै आएका मागहरूबारे छलफल भएको स्रोतले जनाएको छ। अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेल दुवैले देशको वित्तीय प्रणालीलाई गतिशील, अनुशासित तथा पारदर्शी बनाउँदै आर्थिक विकासमा योगदान पुर्याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य आवश्यक हुनेमा जोड दिएका थिए।
पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउनका लागि लगानीकर्ताहरूका जायज मागहरूको उचित सम्बोधन गर्नुपर्ने विषयमा समेत दुबै पक्ष सकारात्मक देखिएका छन्।

















प्रतिक्रिया दिनुहोस्