Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका एक हजार ८७२ जना व्यवसायीलाई कारबाही

अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका एक हजार ८७२ जना व्यवसायीलाई कारबाही
विज्ञापन
Advertisement

जनकपुरधाम । यहाँस्थित गुणस्तर तथा नापतौल कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ८८१ वटा व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नयाँ नापतौल यन्त्र र अनुमतिपत्र प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गरेका एक हजार ८७२ जना व्यवसायीलाई कारबाही गरेको छ । उनीहरुले आफूखुसी ढक तथा तराजु र ‘डिजिटल’ नापतौल यन्त्रको प्रयोग गरेका थिए । उनीहरूलाई कारबाही गरेर कानुनको दायरामा ल्याइएको उक्त कार्यालयका प्रमुख सुनील यादवले बताए ।
दश महिनामा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको तथा सर्लाही, महोत्तरी एवं रामेछापमा नापतौल यन्त्रको प्रयोग, नापतौल जरिवाना तथा कानुनी कारबाहीसम्बन्धी जानकारी गराइएको छ । सो अवधिमा रु ४१ लाख १२ हजार ८४० राजस्व सङ्कलन भएको जानकारी उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit