Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

वित्तीय साक्षरतामा केन्द्रित वक्तृत्वकला प्रतियोगिता सम्पन्न, रिलायन्सकी दिपसिका क्षेत्री प्रथम

वित्तीय साक्षरतामा केन्द्रित वक्तृत्वकला प्रतियोगिता सम्पन्न, रिलायन्सकी दिपसिका क्षेत्री प्रथम
विज्ञापन
Advertisement

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो १३औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको ‘वित्तीय साक्षरता,आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर २६ भित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीबिच सम्पन्न प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दिपसिका क्षेत्री प्रथम भएकी छिन्।

विज्ञापन
Advertisement
Advertisement

अल्फा स्कुलकी रोजिना पुरी दोस्रो तथा सोही स्कुलकै प्रसंसा शर्मा तेस्रो स्थानमा रहे। विजयी विद्यार्थीहरूलाई ग्लोबल आइएमई लघुवित्तका केन्द्रीय नायव कार्यकारी अधिकृत श्रीराम पौडेल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरीकृष्ण जोशीले पुरस्कार प्रदान गरे।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा तथा अध्यक्षता संस्था स्वयंले गरेका थिए। प्रतियोगिताको उद्देश्य वित्तीय साक्षरताको महत्वलाई विद्यालयस्तरसम्म पुर्‍याउने रहेको आयोजकले जनाएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit