Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

रास्वपाको ६ पदाधिकारीका लागि आज निर्वाचन, महिला उपसभापतिमा सोविता–तोसिमाबीच प्रतिस्पर्धा

रास्वपाको ६ पदाधिकारीका लागि आज निर्वाचन, महिला उपसभापतिमा सोविता–तोसिमाबीच प्रतिस्पर्धा
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत छ पदाधिकारीका लागि शुक्रबार निर्वाचन हुँदैछ।

विज्ञापन
Advertisement
Advertisement

पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार महिला उपसभापति, महामन्त्री, सहमहामन्त्री (खुला) र सहमहामन्त्री (महिला) पदमा प्रतिस्पर्धा हुनेछ।

महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। यस पदका लागि दुई जनाको मात्रै उम्मेदवारी परेको छ।

महामन्त्री पदका लागि भने कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस पदमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य सहित आठ जना उम्मेदवार मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम प्रतिस्पर्धी आठ जनामा सीमित भएका हुन्।

सहमहामन्त्री (खुला) का दुई पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस्तै, सहमहामन्त्री (महिला) को एक पदका लागि जुली यादव, जमुना शर्मा (विष्ट), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा बीच प्रतिस्पर्धा हुनेछ।

यसअघि खुलातर्फ उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टी सभापति रवि लामिछाने पनि सर्वसम्मत चयन भएका छन्। यसैगरी, पार्टी वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह निश्चित छन् ।

रास्वपाको ऐतिहासिक प्रथम महाधिवेशन लगातार छ दिनदेखि जारी रहे पनि लम्बिएको कार्यतालिका र व्यवस्थापकीय चुनौतीका कारण धेरै प्रतिनिधि महाधिवेशनस्थलबाट घर फर्किइसकेका छन्।

यद्यपि आज हुने पदाधिकारी निर्वाचनसँगै महाधिवेशनको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit