Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

कृषक विनबहादुर कुँवरलाई सर्वोत्कृष्ट उद्यमी पुरस्कार

कृषक विनबहादुर कुँवरलाई सर्वोत्कृष्ट उद्यमी पुरस्कार
विज्ञापन
Advertisement

गुल्मी । रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

रेसुङ्गा नगरपालिका–१० सिमीचौरका कृषक विनबहादुर कुँवरलाई नगरपालिकाले सर्वोत्कृष्ट उद्यमी घोषित गर्दै रु एक लाख नगद पुरस्कारबाट सम्मान गरेको हो। दुई दशकभन्दा लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका कुँवर १३७ जना उद्यमीमध्ये सर्वोत्कृष्ट उद्यमीमा छनोट भएका हुन्। कुँवरले हाल ६५ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा तरकारी खेती गर्दै आइरहेका छन्। चार चरणको प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट १३७ आवेदकमध्ये नगरपालिकाले उत्कृष्ट १० उद्यमीलाई छनोट गरेको छ ।

नगरभित्रका विभिन्न क्षेत्रमा उद्यम सञ्चालन गरिरहेका १३७ जना उद्यमीले आवेदन दिएका थिए। आवेदन परेका उद्यमीमध्ये पहिलो चरणबाट उत्कृष्ट ४० जनालाई छनोट गरिएको थियो । त्यसपछि उत्कृष्ट २० जना र त्यसपछि पुनः उत्कृष्ट १० जना उद्यमी छनोट गरिएको थियो । अन्तिम चरणमा उत्कृष्ट १० उद्यमीले आफ्नो व्यावसायिक कार्ययोजना तथा लगानी प्रस्तुती प्रस्तुत गरेका थिए । सोही प्रस्तुतीको मूल्याङ्कनका आधारमा एक जनालाई सर्वोत्कृष्ट उद्यमी छनोट गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अन्य उत्कृष्ट नौ जना उद्यमीलाई जनही रु ६० हजारसहित सम्मान गरेको छ ।

सम्मानित हुने अन्य उद्यमीहरूमा रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फार्मकी विष्णुमाया श्रीस, भगवती कृषि तथा पशुपन्छी फार्मका चुराबहादुर जोगी कुँवर, अर्जुन रेसुङ्गा मल्टी एग्रो एन्ड टुरिज्मका भविन्द्र घर्तीमगर, गोपाल तरकारी घुम्टी फार्मका गोपाल नेपाली, रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका केशव रजाली, थापा व्यावसायिक तरकारी फार्मका लिलबहादुर थापा, लक्ष्मी–लक्ष्मण कृषि फार्मका मुक्तिनाथ पन्थी क्षेत्री, न्यू रेसुङ्गा जडीबुटी प्रशोधन केन्द्रका झविन्द्रलाल भण्डारी एवं कृष्ण कृषि उत्पादन फार्मका कृष्णबहादुर बस्नेत रहेको दायीत्व संस्थाका कार्यक्रम संयोजक शुलभ नेपालले जानकारी दिए।

नगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले स्थानीय उत्पादन, उद्यमशीलता र स्वरोजगारलाई सुदृढ बनाउन नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय उद्यमशीलता विकास, स्वरोजगार सिर्जना तथा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले दायित्वसँगको सहकार्यमा नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit