Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

कर्णाली नदीको झोलुङ्गे पुल बनेसँगै आन्तरिक पर्यटकको घुइँचो

कर्णाली नदीको झोलुङ्गे पुल बनेसँगै आन्तरिक पर्यटकको घुइँचो
विज्ञापन
Advertisement

कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झोलुङ्गे पुल सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

केही दिनअघि निर्माण सम्पन्न भएर आवागमनका लागि खुला गरिएको पुल अवलोकन गर्न, कर्णाली नदीको प्राकृतिक दृश्य हेर्न तथा गर्मी छल्न दैनिक ठूलो संख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन्।

स्थानीय किरण चौधरीका अनुसार साँझपख पुलमा घुम्न आउने आगन्तुकको संख्या अपेक्षाभन्दा बढी छ। पुलमा तस्बिर खिच्ने र श्रव्यदृश्य सामग्री बनाउनेको संख्या बढेसँगै स्थानीय फोटोग्राफरले पनि राम्रो आम्दानी गर्न थालेका छन्।

पुल सञ्चालनमा आएपछि टीकापुर र राजापुरबीचको दूरी करिब २४ किलोमिटरबाट १५ किलोमिटरमा झरेको छ। साथै, डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि हटेको छ।

स्थानीय प्रेमप्रसाद भण्डारीले पुलले दुई जिल्लाबीचको आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार तथा आयआर्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतका अनुसार करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ रुपैयाँ लागतमा निर्माण भएको पुलको लम्बाइ ४८२ मिटर रहेको छ। विसं २०८२ असार ११ गते निर्माण सम्झौता भएको पुल निर्धारित समयभन्दा अघि नै सम्पन्न गरी सञ्चालनमा ल्याइएको उनले बताए।

स्थानीयवासीले कर्णाली नदीमाथिको यो झोलुङ्गे पुल भविष्यमा क्षेत्रकै प्रमुख पर्यटकीय आकर्षण बन्ने अपेक्षा गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit