images images images
images images images
images
images
images

मानव अधिकार आयोगका सिफारिसको कार्यान्वयन न्यून, एक वर्षमा ५८ वटा उजुरी

images

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारलाई कार्यान्वयनका लागि आयोगले गरेका सिफारिसहरु कार्यान्वयन निकै नै न्युन भएको बताएका छन् ।

आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा उनले कारबाहीका लागि गरिएका सिफारिस धेरै कार्यान्वयन नभएका बताएका । उनले आयोगबाट गरिएका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाउने विचार व्यक्त गरे ।

images
images

नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मानव अधिकार अन्योन्याश्रित सम्बन्ध रहेको र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई शान्तिपूर्ण तरिकाले प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन् । अध्यक्ष मगरले सशस्त्र द्वन्द्वका बेला भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको न्याय र परिपूरण सबैको सरोकार, चिन्ता र जिम्मेवारीको विषय भएकाले राज्यका निकायहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन् । आयोग २०५७ जेठ १३ गते स्थापना भएको स्मरणमा प्रत्येक यसै दिन स्थापना दिवस मनाउने गरिएको छ । आयोगले ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको आधार’ नाराका साथ २५ औँ वार्षिकोत्सव मनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्