images images images
images images images
images
images
images

देशभर सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

images

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्ममा देशभर सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ ।

“विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्र, आठ हजार २०४ किलोमिटर खण्डास्मित र आठ हजार ७६५ किलोमिटर कच्ची सडक पुगेको छ,” सर्वेक्षणमा उल्लेख छ, “२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्र आठ हजार २४ किलोमिटर खण्डास्मित र आठ हजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो ।”

images
images

सर्वेक्षणअनुसार मध्यपहाडी लोकमार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार ४५२ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ११ किलोमिटर सडक कालोपत्र भई एक हजार ४६३ किलोमिटर पुगेको छ । लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माणसम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।

यस्तै, हुलाकी लोकमार्गको कुल लम्बाइ एक हजार ८५७ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार २५९ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आवको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार २९१ किलोमिटर पुगेको छ । यसअन्तर्गतका २५० पुलमध्ये २०८१ फागुनसम्म १४२ पुलको निर्माणसम्पन्न भएको छ ।

उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको कुल लम्बाइ (४४७ किलोमिटर) को गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड २४५ किलोमिटर सडकखण्डमध्ये २०८१ फागुनसम्म १९५ किलोमिटर सडक कालोपत्र भएको छ । २०८१ असारसम्म मालढुङ्गा–बेनी– जोमसोम–कोरला खण्डअन्तर्गत ८७ किलोमिटर ग्राभेल, ६० किलोमिटर कालोपत्र सडक र १० पुलको निर्माणसम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म ६५ किलोमिटर सडक कालोपत्र भएको छभने १३ पुल निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।

images
images

प्रतिक्रिया दिनुहोस्