खोटाङ । खोटाङको सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँ लागतमा मोटरकारसहित सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।
सङ्घीय सरकारको समपूरक अनुदानमा निर्माण गरिएको पुल शनिबारदेखि औपचारिक रूपमा सवारीसाधन सञ्चालनका लागि खुला गरिएको हो। २०.९० मिटर लामो उक्त पुल सञ्चालनमा आएपछि खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा वर्षभरि सहज रूपमा यातायात सञ्चालन गर्न सकिने भएको छ।
यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर लामो खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडकको स्तरोन्नतिको काम पनि तीव्र गतिमा भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार सडक स्तरोन्नतिका लागि कोशी प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको छ।















प्रतिक्रिया दिनुहोस्