काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
सिद्धार्थ बैंक र ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकलाई थप सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।
यस सुविधासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ।
ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००२० रहेको छ















प्रतिक्रिया दिनुहोस्