काठमाडौं । रोटरी क्लब अफ बानेश्वर र काठमाडौं मेडिकल कलेजको संयुक्त आयोजनामा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शिवालय प्राथमिक विद्यालयमा एक दिने नि ःशुल्क सामुदायिक स्वास्थ्य शिविर सम्पन्न भएको छ।
हालै सञ्चालित उक्त शिविरबाट ३५० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएका छन्। शिविरमा सामान्य चिकित्सा, स्त्रीरोग, बालरोग, हाडजोर्नी, आँखा, दाँत तथा नाक,कान,घाँटी सम्बन्धी विशेषज्ञ परामर्श सेवा प्रदान गरिएको थियो। साथै बिरामीहरूका लागि भिडियो एक्सरे, ईसीजी र प्रयोगशाला निःशुल्क परीक्षण गराइएको संस्थाले जनाएको छ।
भौगोलिक विकटता र अस्पतालको पहुँच अभावका कारण लामो समयदेखि स्वास्थ्य जाँच गराउन नपाएका ग्रामीण भेगका नागरिकहरूले शिविरबाट प्रत्यक्ष राहत पाएका छन्। सो अवसरमा विभिन्न औषधि कम्पनीहरूको सहयोगमा बिरामीहरूलाई १ लाख १४ हजार बराबरको आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको उल्लेख छ ।
रोटरी क्लब अफ बानेश्वरकी अध्यक्ष रुपाली सरावगी को नेतृत्वमा क्लबले रोटरीको विश्वव्यापी अभियान ‘युनाइट फर गुड’ अन्तर्गत ग्रामीण समुदायको स्वास्थ्य र जीवनस्तर सुधारका लागि यो कार्यक्रम आयोजना गरेको हो।

















प्रतिक्रिया दिनुहोस्