Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गरेन

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गरेन
विज्ञापन
Advertisement

काठमाडौं । सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसेकेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा श्रेष्ठले बजेट सन्तोषजनक नरहेको टिप्पणी गरे ।

सामाजिक न्यायसहितको फड्कोलाई सम्बोधन गर्ने गरी बजेट आउन नसकेको उनको भनाइ छ । “बजेटले राष्ट्रिय आवश्यकतलाई सम्बोधन गर्न सकेको छैन, आगामी आवको बजेट दृढ सोचबिनाको, आजको आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रशासनिक वित्तिय बजेट मात्रै हो, यो काम चलाउ बजेट हो”, सांसद श्रेष्ठले भने, “राजनीतिक, आर्थिक, वित्तिय दस्तावेदको आवश्यकताका आधारमा बजेट आउनुपथ्र्यो, तर आएन, अनि बजेटमा नयाँ सम्भावनाहरुको खोजी गरिएन, तसर्थ यो काम चलाउन प्रसासनिक बजेट भएकाले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन ।”

अपेक्षाअनुसारको बजेट हुन नसकेका कारण अहिले जनतामा निराशा पैदा भएको उनको धारणा छ । सांसद श्रेष्ठका अनुसार सुशासन, समृद्धि र सामाजिक न्याय कार्यान्वयन हुने गरी बजेट आएको छैन । उनले भने, “विनियोजित बजेटले संविधानको मूल मर्म र भावनालाई समेट्न सकेको छैन, बजारवादलाई प्रक्षपोषण गर्ने गरी बजेट आएको छ । आत्मनिर्भर अर्थतन्त्र विकासका लागि आशा गर्नसक्ने किसिमको बजेट आउन सकेको छैन ।”

यसैगरी, सांसद श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्नुपर्ने र खराब कर्जाको स्थिति सुधारमा ध्यान जानुपर्नेमा जोड दिए । “आर्थिक रुपान्तरणको आधार कृषि क्षेत्र हो, कृषिले प्राथमिकता पाउन सकेन, भूउपयोग नीति पनि लिएको छैन”, उनले भने, “पर्यटन क्षेत्रमा ठोस योजना छैन, शिक्षामा गुणात्मक लगानी वृद्धि गर्नुपर्छ, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपथ्र्यो ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit